advertisement

तेस्रो विकल्प तीनकुनेबाट जडीबुटीसम्म सुरुङ निर्माण गर्ने रहेको उनले बताए। ‘१ दशमलव ४ किमि दूरीको सुरुङ हुनेछ,’ उनले भने, ‘यसको प्रारम्भिक अध्ययन भइसकेको छ, कुन विकल्प छान्ने भन्ने निर्णय भइसकेको छैन।’ जाइकाले खटाएको प्राविधिक टोलीबाट अध्ययन गरिएको हो।

जनवरी अन्तिममा थप टोली नेपाल आउने जनाइएको थियो। तर अहिलेसम्म उनीहरू आएका छैनन्। यो खबर कान्तिपुर दैनिकमा छ ।

" /> कोटेश्वर–जडीबुटीको जाम हटाउने प्रतिवेदन वर्ष दिनदेखि थन्कियो - Sarbocha Media

कोटेश्वर–जडीबुटीको जाम हटाउने प्रतिवेदन वर्ष दिनदेखि थन्कियो

`

     २०७६ माघ २० गते १:२४

काठमाडौं, २० माघ । कोटेश्वर–जडीबुटी खण्डको जाम हटाउने विकल्प खोज्न गरिएको अध्ययन प्रतिवेदन एक वर्षदेखि थन्किएको छ । जापानी सहयोग नियोग (जाइका) ले प्रारम्भिक अध्ययन गरेर प्रतिवेदन सडक विभागलाई बुझाएको थियो ।

प्रतिवेदनले पहिलो विकल्पका रूपमा तीनकुनेबाट कोटेश्वरको बालकुमारीतर्फ यात्रु हिँड्ने पुलसम्म सवारीसाधन गुड्न मिल्ने आकाशे पुल बनाउन सुझाएको थियो। त्यसको दूरी १ दशमलव ६ किमि हुनेछ। ‘त्यो चार लेनको बन्नेछ,’ सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले भने, ‘आकाशे पुल नबनाउने हो भने त्यही खण्डमा सुरुङ बनाउने दोस्रो विकल्प छ।’

advertisement

तेस्रो विकल्प तीनकुनेबाट जडीबुटीसम्म सुरुङ निर्माण गर्ने रहेको उनले बताए। ‘१ दशमलव ४ किमि दूरीको सुरुङ हुनेछ,’ उनले भने, ‘यसको प्रारम्भिक अध्ययन भइसकेको छ, कुन विकल्प छान्ने भन्ने निर्णय भइसकेको छैन।’ जाइकाले खटाएको प्राविधिक टोलीबाट अध्ययन गरिएको हो।

जनवरी अन्तिममा थप टोली नेपाल आउने जनाइएको थियो। तर अहिलेसम्म उनीहरू आएका छैनन्। यो खबर कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?