advertisement

भट्टराईको फर्किने कार्यतालिकाभन्दा एक साताअगाडि चीन सरकारले हुपेई प्रान्तलाई सिल्ड गरिएको छ। डा। भट्टराईकी पत्नी जानुका भुसाल उहाननजिकैको चिङ्चौ सहरस्थित याङ्चे विश्वविद्यालयमा स्त्री तथा प्रसूति रोग विषयमा एमडी गर्दै छिन्। उनले नै जाडो बिदा पारेर पति र छोरीलाई चीन घुम्न बोलाएकी थिइन्। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

" /> श्रीमती भेट्न चीन पुगेका नेपाली चिकित्सक कोरोनाले अलपत्र - Sarbocha Media

श्रीमती भेट्न चीन पुगेका नेपाली चिकित्सक कोरोनाले अलपत्र

`

     २०७६ माघ १८ गते २:१०

बेइजिङ, १८ माघ । चीन घुम्न आएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन्। चीनले हुपेई प्रान्तको सदरमुकाम उहानलाई सिल्ड गरेपछि उनी नेपाल फर्किन नपाउने भएका हुन्।

झापाको दमकस्थित लाइफलाइन अस्पतालका शल्य चिकित्सक उनी डिसेम्बर १० मा सात वर्षीया छोरी स्मारिकालाई लिएर चीन घुम्न आएका थिए। ड. भट्टराईको फर्किने टिकट जनवरी ३० तारिखको थियो। दुई महिने भिसामा आएका उनको भिसा अवधि पनि फेब्रुअरी ९ मा सकिँदै छ।

advertisement

भट्टराईको फर्किने कार्यतालिकाभन्दा एक साताअगाडि चीन सरकारले हुपेई प्रान्तलाई सिल्ड गरिएको छ। डा। भट्टराईकी पत्नी जानुका भुसाल उहाननजिकैको चिङ्चौ सहरस्थित याङ्चे विश्वविद्यालयमा स्त्री तथा प्रसूति रोग विषयमा एमडी गर्दै छिन्। उनले नै जाडो बिदा पारेर पति र छोरीलाई चीन घुम्न बोलाएकी थिइन्। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?