advertisement

लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार गाँजा कारोबार, ओसारपसारमा संलग्नलाई दुईदेखि दस वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। अफिममा १५ देखि जन्मकैद र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

" /> पिकअप गाडीबाट ६३ किलो गाँजा, तीन सय ग्राम अफिम बरामद - Sarbocha Media

पिकअप गाडीबाट ६३ किलो गाँजा, तीन सय ग्राम अफिम बरामद

`

     २०७६ माघ १६ गते ३:०३

काठमाडौं, माघ १६ । मकवानपुर प्रहरीले पिकअप गाडीबाट ६३ किलो गाँजा र तीन सय ग्राम अफिम बरामद गरेको छ।बिहीबार बिहान मनहरीबाट हेटौडा जाँदै गरेको बा३च ५९९७ नम्बरको पिकअपबाट गाँजा र अफिम बरामद भएको प्रहरीले जनाएको छ।

हेटौडा उपमहानगरपालिका-१९ नेवारपानीमा खटिएको प्रहरीले पिकअप गाडीलाई रोकेर चेकजाँच गरेको थियो। गाडीको पछाडिको भागमा फल्स बटम बनाएर लुकाइएको २१ वटा पोकामा गाँजा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।

पिकअपका चालक बारा पर्सौनी गाउँपालिका वडा नं. ६ का २८ वर्षीय को रामजी साह तेली र बारा अदर्स कोतवाल गाउँपालिका वडा नं. २ का ३० वर्षीय प्रेम पटेल पक्राउ परेका छन्।

advertisement

लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार गाँजा कारोबार, ओसारपसारमा संलग्नलाई दुईदेखि दस वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। अफिममा १५ देखि जन्मकैद र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?