advertisement

हुसेन परिवारले बिगत १५ बर्षदेखि कवाडीका बोरा जम्मा गर्ने र सिलाएर बिक्री गर्ने काम गर्दै आएका रुपन्देही प्रहरीले बताएको छ।
उनीहरुको शव पोस्टमोर्टमको लागि भैरहवास्थित भिम अस्पतालमा लगिएका जनाइएको छ।

" /> बोराको चाङ पल्टिदा एकै परिवारका चारको ज्यान गयाे - Sarbocha Media

बोराको चाङ पल्टिदा एकै परिवारका चारको ज्यान गयाे

`

     २०७६ माघ १६ गते ७:११

बुटवल, १६ माघ । रुपन्देहीमा बोराको चाङ पल्टिदा एकै परिवारका चार जनाको ज्यान गएको छ । सिद्धार्थ नगरपालिका ६ गल्लामण्डीमा आफ्नै घरको सटरमा राखिएको बोराको चाङ पल्टिएर उनीहरुको ज्यान गएको हो ।

बोराले पल्टिदा ज्यान जानेहरुमा भारत बिहारका ३० बर्षीय सहजाद हुसेन, उनीकी श्रीमती २८ बर्षीया सद्धव खातुन, ६ बर्षीय छोरा सुल्तान रजा र २ बर्षीया छोरी सहिना खातुन रहेका छन् ।

घरमा आफैंले संकलन गरेर राखेको बोराका चाङले घेरिएको साँघुरो स्थानमा सुतिरहेका उनीहरुलाई बोराको थुप्रोले च्यापिरहेको अवस्थामा भेटिएको बताइएको छ । प्रहरीका अनुसार सास फेर्न नसकेर निसास्सिएर चार जनाको मृत्यु भएको आशंका गरिएको छ।

advertisement

हुसेन परिवारले बिगत १५ बर्षदेखि कवाडीका बोरा जम्मा गर्ने र सिलाएर बिक्री गर्ने काम गर्दै आएका रुपन्देही प्रहरीले बताएको छ।
उनीहरुको शव पोस्टमोर्टमको लागि भैरहवास्थित भिम अस्पतालमा लगिएका जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?