advertisement

प्राधिकरणका अनुसार हाल नेपालमा ‘पिक आवर’मा ११६८ मेगावाट विद्यूत माग हुने गरेको छ। जसमध्ये प्राधिकरणबाट ४८१ मेगावाट विद्यूत केन्द्रीय प्रणालीमा जोडिएको छ। निजी क्षेत्रबाट ३२० मेगावाट र भारतबाट ३६७ मेगावाट विद्यूत आयात गरेर विद्युत आपूर्ति गरिँदै आएको छ।

यो तथ्यांकलाई आधार मान्‍दा नेपालमा हाल जम्मा उत्पादन ८०१ मेगावाट रहेको छ। चालू आर्थिक बर्षमा १४०० मेगावाट विद्युत केन्द्रीय प्रणालीमा जोडिने हो भने जम्मा उत्पादन १८०५ मेगावाट पुग्छ, जुन नेपालको मागभन्दा करिब ६३५ मेगावाट बढी हो, यो खबर राजधानी दैनिकमा छ।

" /> थप १४०० मेगावाट विद्युत केन्द्रीय प्रसारणलाईनमा जोडिदै - Sarbocha Media

थप १४०० मेगावाट विद्युत केन्द्रीय प्रसारणलाईनमा जोडिदै

`

     २०७६ माघ १६ गते ३:२१

काठमाडौं, १६ माघ । चालू आर्थिक वर्षभित्र १४०० मेगावाट विद्यूत् केन्द्रीय प्रसारणलाईनमा जोडिने भएको छ।

यो वर्ष विभिन्न ५० वटा आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा थपिने नेपाल विद्यूत प्राधिकरणले जनाएको छ। यी आयोजनाको विद्यूत केन्द्रीय प्रसारण लाईनमा जोडिएपछि हालको मागभन्दा बढी विद्युत उत्पादन हुनेछ, बढी हुने विद्यूत बेच्‍न प्राधिकरणले तयारीसमेत गर्न लागेको छ।

निर्माणाधिन ५० वटा आयोजना यसै वर्ष सम्पन्‍न हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताएका छन्। उनले भने, ‘यो बर्ष १ हजार मेगावाटभन्दा बढी विद्यूत केन्द्रीय प्रणालीमा जोडिँदैछ। हामीले सबै ठाउँमा प्रसारण लाइन निर्माण गरी सकेका छैनौं, यो अवस्थामा विद्युत उत्पादनसँगै चुनौ पति थपिएको छ।’

advertisement

प्राधिकरणका अनुसार हाल नेपालमा ‘पिक आवर’मा ११६८ मेगावाट विद्यूत माग हुने गरेको छ। जसमध्ये प्राधिकरणबाट ४८१ मेगावाट विद्यूत केन्द्रीय प्रणालीमा जोडिएको छ। निजी क्षेत्रबाट ३२० मेगावाट र भारतबाट ३६७ मेगावाट विद्यूत आयात गरेर विद्युत आपूर्ति गरिँदै आएको छ।

यो तथ्यांकलाई आधार मान्‍दा नेपालमा हाल जम्मा उत्पादन ८०१ मेगावाट रहेको छ। चालू आर्थिक बर्षमा १४०० मेगावाट विद्युत केन्द्रीय प्रणालीमा जोडिने हो भने जम्मा उत्पादन १८०५ मेगावाट पुग्छ, जुन नेपालको मागभन्दा करिब ६३५ मेगावाट बढी हो, यो खबर राजधानी दैनिकमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?