advertisement

सरकारमा साझेदारी गर्ने सहमतिबमोजिम नै माघ ७ गते नेकपाका सभामुख उम्मेदवार अग्नि सापकोटालाई राजपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले समर्थन गरे। तर, माघ ५ मा अध्यक्षमण्डल संयोजकको जिम्मेवारी सम्हालेका यादव भने उक्त कदमविरुद्ध उभिए। संयोजक यादव नै ‘सरकारसँग साझेदारी गर्नुहुन्न’ भन्ने लाइनमा उभिएपछि राजपा अलमलिएको छ। याे खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

" /> सरकारमा सहभागी हुनेबारे अलमलमा राजपा - Sarbocha Media

सरकारमा सहभागी हुनेबारे अलमलमा राजपा

`

     २०७६ माघ १६ गते १:२७

काठमाडौं, १६ माघ । सरकारमा सहभागी हुने नहुनेबारे राजपा अलमलमा परेको छ। अध्यक्षमण्डल सहभागी हुने र नहुने दुई पक्षमा विभाजित भएकाले राजपा रनभुल्लमा परेको हो।

राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादव सरकारमा सामेल हुने पक्षमा छन्। अध्यक्षमण्डल संयोजक महेन्द्र राय यादव र महन्थ ठाकुर भने सरकारमा सहभागी हुन नहुने र संघीय समाजवादीसँगको एकता प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा छन्।

पार्टीको नेतृत्वकर्ता नै सत्ता साझेदारीको विपक्षमा उभिएपछि तत्काल सरकार प्रवेशको सम्भावना नरहेको अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले बताए। ‘संयोजक नै सरकारसँग नजिक हुन चाहनुभएको छैन, यसबारे उहाँले संसद्बाटै बोलिसक्नुभएको छ,’ उनले भने, ‘उहाँ पार्टीको नेतृत्वकर्ता हो त्यसैले उहाँले जे बोल्नुभयो पार्टी त्यसरी नै अगाडि बढ्छ।’

गत साताको राष्ट्रियसभा निर्वाचनका लागि पुस २ गते सत्तारुढ नेकपा र राजपाबीच तालमेल भएको थियो। एक वर्षपछि जोडिएको यो सम्बन्ध तालमेलमा मात्र सीमित थिएन, दुवै दलले प्रदेशदेखि र केन्द्रसम्म साझेदारी गर्ने सहमतिसमेत बनेको थियो।

advertisement

सरकारमा साझेदारी गर्ने सहमतिबमोजिम नै माघ ७ गते नेकपाका सभामुख उम्मेदवार अग्नि सापकोटालाई राजपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले समर्थन गरे। तर, माघ ५ मा अध्यक्षमण्डल संयोजकको जिम्मेवारी सम्हालेका यादव भने उक्त कदमविरुद्ध उभिए। संयोजक यादव नै ‘सरकारसँग साझेदारी गर्नुहुन्न’ भन्ने लाइनमा उभिएपछि राजपा अलमलिएको छ। याे खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?