advertisement

प्रहरीका अनुसार बस चालक भने फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।

" /> सर्लाहीमा बस दुर्घटना हुँदा तीन घाइते - Sarbocha Media

सर्लाहीमा बस दुर्घटना हुँदा तीन घाइते

`

     २०७६ माघ १५ गते ५:१०

सर्लाही, १५ माघ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीमा बस दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएका छन् ।

बुधबार बिहान भएको दुर्घटनामा परी घाइते हुनेमा भारत सुबोल जिल्लाका २२ वर्षका नितेश यादव, सिरहा गढिमाइ नगरपालिका १३ निवासी २४ वर्षका राम सुबो यादव र विराटनगरका २४ वर्षीय ज्योति लिम्बु घाइते  रहेका छन् ।

रुपन्देहीबाट विरानगर जाँदै गरेको ना ५ ख १५२१ नम्वरको बस अनियन्त्रित भइ दुर्घटना भएको जनाइएको छ । घाइतेहरुको उपचारका लागि महोतरीको बर्दिवास पठाइएको छ।

advertisement

प्रहरीका अनुसार बस चालक भने फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?