advertisement

हामीले बहुदलीय प्रणाली स्विकारेका छौँ भन्दै उनले एकताबाटै स्वस्थ्य प्रतिस्प्रर्धाको बाटोबाट जान सके बहुदलीय व्यवस्था अझ बलियो हुने उनले बताए। प्रधानमन्त्रीले एकता र प्रतिस्प्रर्धालाई सँगसँगै लैजानुपर्ने बताए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

" /> एमसीसी पारितबारे प्रधानमन्त्री र प्रतिपक्षीको एउटै स्वर - Sarbocha Media

एमसीसी पारितबारे प्रधानमन्त्री र प्रतिपक्षीको एउटै स्वर

`

     २०७६ माघ १५ गते २:१७

काठमाडौं, १५ माघ । प्रतिनिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी कांग्रेसले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी जस्ता सम्झौताबाट विकासको गति अघि बढ्ने संकेत गर्दै विकास निर्माणका लागि राजनीतिक दलबीच एकताको आवश्यक रहेको बताए।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पनि एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने बताए। संसद् बैठकको सुरुमा बोल्दै प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीले गर्नुपर्ने बाँकी काममा विलम्ब नगरी अघि बढ्नुपर्ने बताए।

सभामुख चयनमा विलम्ब भए पनि अब विलम्ब गर्न नहुने उल्लेख गर्दै उनले भने, ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरसन ९एमसिसी० जस्ता विषय संसद्बाट पारित गर्नुपर्नेछ।’ सभामुखमा निर्विरोध निर्वाचित भएको विषय एकताको राम्रो लक्षण भएको उनले बताए।

नयाँ सभामुख निर्वाचित भएपछि बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले राजनीतिक दलको एकताले समाजले मेलमिलापयुक्त चरित्र बोकेकाले संघर्षका उपलब्धिको टुंगो पनि मेलमिलापयुक्त ढंगबाटै गर्नुपर्ने उनले बताए।

दलहरूबीच एकता नभएको समयमा विभिन्न प्रतिगामी कदम हुने गरेको विगतका घटना स्मरण गर्दै प्रधानमन्त्री ओलीले आजका प्राथमिकता के हुन् त्यसमा केन्द्रीत भएर अघि बढ्नु पर्दछ भन्ने कुरालाई हेक्का राख्नुपर्ने बताए।

advertisement

हामीले बहुदलीय प्रणाली स्विकारेका छौँ भन्दै उनले एकताबाटै स्वस्थ्य प्रतिस्प्रर्धाको बाटोबाट जान सके बहुदलीय व्यवस्था अझ बलियो हुने उनले बताए। प्रधानमन्त्रीले एकता र प्रतिस्प्रर्धालाई सँगसँगै लैजानुपर्ने बताए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?