advertisement

चीनले कोरोना भाइरस नियन्त्रणका लागि उहानलगायतका सहरमा विशेष कदम चालेको छ। यो समाचार आजको अन्नपुर्णपोष्टमा छ ।

" /> कोरोना भाइरस : मित्रराष्ट्रको साथ खोज्दै चीन - Sarbocha Media

कोरोना भाइरस : मित्रराष्ट्रको साथ खोज्दै चीन

`

     २०७६ माघ १५ गते २:००

काठमाडौँ, १५ माघ । चीनले बेइजिङमा रहेका कूटनीतिज्ञलाई नोवेल कोरोना भाइरस नियन्त्रणका लागि आफ्नो नीतिप्रति समझदारी राखिदिन आग्रह गरेको छ।

विदेश मन्त्रालयले बेइजिङस्थित नेपालसहित विभिन्न मुलुकका राजदूतहरूलाई कोरोना भाइरस नियन्त्रणबारे अपनाइएको नीतिबारे विस्तृत जानकारी दिँदै यस्तो अपिल गरेको हो।

चिनियाँ पक्षले भ्रमपूर्ण समाचार वा सूचनासँग सावधान रहन, कोरोना भाइरस संक्रमणका सम्बन्धमा आधिकारिक सूचना मात्र सामाजिक सञ्जालमार्फत प्रवाह गर्न आह्वान गरेको छ।

चीनको परराष्ट्र मन्त्रालय र राष्ट्रिय स्वास्थ्य प्रशासनका वरिष्ठ अधिकारीहरूले चीनमा रहेका राजदूत तथा विदेशी कूटनीतिज्ञहरूलाई नोवेल कोरोना भाइरसको नियन्त्रणसम्बन्धमा जानकारी गराएका थिए।

advertisement

चीनले कोरोना भाइरस नियन्त्रणका लागि उहानलगायतका सहरमा विशेष कदम चालेको छ। यो समाचार आजको अन्नपुर्णपोष्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?