चितवन, १५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश नम्बर ३ कार्यालयले चितवनमा घुससहित एक कर्मचारीलाई पक्राउ गरेकाे छ । कार्यालयले आन्तरिक राजश्व कार्यालय चितवनमा कम्युटर अधिकृतको दरबन्दीमा कार्यरत रामकुमार अधिकारीलाई पक्राउ गरेको हो ।

अधिकारी रु १० हजार रकमसहित मङ्गलबार पक्राउ गरेको जनाइएको छ । सेवाग्राहीबाट कम्युटर बिलिङको कामका विषयमा अधिकारीले रकम लिएको अभियोगमा पक्राउ गरेको बताइएको छ ।
नियन्त्रणमा लिएका अधिकारीलाई अख्तियार कार्यालय हेटौँडा लगिएको छ ।




