advertisement

उनका श्रीमान् खड्के दमाईको २० वर्ष पहिला मृत्यु भएको थियो । उनको पीडामा मल्हम लगाउन अघिपछि कोही पनि छैनन् । घरमा रहेका तीन नातिको दयनीय अवस्थाले उनको उपचार सम्भव भएन । “घरमा छ महिना खाना पनि धौधौ छ, अब मर्नुको विकल्प छैन उनी बताउछिन् ।”

" /> छाक टार्न धौधौ छ,अब मर्नु बाहेक अरू विकल्प नै छैन : स्तन क्यान्सर पीडित - Sarbocha Media

छाक टार्न धौधौ छ,अब मर्नु बाहेक अरू विकल्प नै छैन : स्तन क्यान्सर पीडित

`

     २०७६ माघ १२ गते ४:१०

जुम्ला, १२ माघ । एक महिला तीन वर्षदेखि स्तनमा क्यानसर भएर छटपटाइरहेकी छन् । तातोपानी गाउँपालिका–२ जर्मीगाउँकी ६५ वर्षीया पुम्फा दमाइलाई स्तनमा क्यानसर भएकी हुन् ।

पुम्फासंग पैसा नभएपछि स्तन क्यान्सरको उपचार गराउन नसकेर क्यान्सरको दर्दानक पीडा सहिरहेकी छिन् । पहिले सानो घाउ भएको उनी बताउँछिन् । घरमा कोही पनि पढेलेखेका नहुँदा आफ्नो समस्याप्रति वास्तै नगरेकी उनको भनाइ छ ।गहभरि आँशु पार्दै उनी भन्छिन् भारतमा उपचार गर्न जाँदा क्यान्सर भएको र शल्यक्रिया गर्नुपर्छ भनेपछि पैसाको अभावले फर्काइएको थियो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः उपचारका लागि लैजाँदा जुम्लामा उपचार सम्भव जानकारी दिइएको थियो । उनकी जेठो नाति कैलाश दमाईले भनिन्, “ उपचार भारतको लखनऊमा हुन्छ भनेका छन् । त्यसका लागि करिब रु तीन-चार लाख रकम लाग्छ । केही रकम आफूले छुट्याएपछि केही प्रतिष्ठानले सहयोग गर्ने भनेको छ । तर घरको सबै धन सम्पत्ति बेच्दा पनि रु तीन्चार लाख रकम पुग्दैन । कसरी हजुरआमाको उपचार गरौँ । ”

advertisement

उनका श्रीमान् खड्के दमाईको २० वर्ष पहिला मृत्यु भएको थियो । उनको पीडामा मल्हम लगाउन अघिपछि कोही पनि छैनन् । घरमा रहेका तीन नातिको दयनीय अवस्थाले उनको उपचार सम्भव भएन । “घरमा छ महिना खाना पनि धौधौ छ, अब मर्नुको विकल्प छैन उनी बताउछिन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?