advertisement

निरासाका कारण आत्महत्या गर्ने बढ्दै गएका हुन्,’ उनी भन्छन्, ‘बढ्दो आत्महत्या सामाजिक समस्या हो।’ आत्महत्या कम गर्न विद्यालय तहदेखि नै मनोपरामर्श दिइनुपर्ने उनको भनाइ छ।

सञ्चारलगायत प्रविधिको पहुँचले सबै जानकारी हुने तर गरिबीले आवश्यकता पूरा गर्न समस्या हुँदा मानिसमा निरासा बढेको उनी बताउँछन। यो खबर आजको नागरिक दैनिकमा छ ।

" /> सुदूरपश्चिममा आत्महत्या गर्नेको संख्या बढ्दै, तीन दिनमा चार जनाद्वारा आत्महत्या - Sarbocha Media

सुदूरपश्चिममा आत्महत्या गर्नेको संख्या बढ्दै, तीन दिनमा चार जनाद्वारा आत्महत्या

`

     २०७६ माघ १२ गते २:२५

धनगढी, १२ माघ ।  सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। तीन आर्थिक वर्षको तथ्यांक हेर्दा आत्महत्या गर्नेको संख्या बढिरहेको छ।

सुदूरपश्चिममा औसतमा प्रत्येक तीन दिनमा चारजनाले आत्महत्या गरेको तथ्यांक छ। गरिबी, पारिवारिक र सामाजिक सम्बन्धमा उतारचढाव तथा मानसिक समस्याका कारण आवेगमा आई आत्महत्या गर्ने बढ्दै गएको विश्लेषण गरिएको छ।

कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा। हेमराज पन्त आत्महत्या चिन्ताजनक ढंगले बढ्नुमा आर्थिक र सामाजिक कारणलाई मुख्य ठान्छन्। ‘गरिबीलगायत कारणले युवा डिप्रेसनमा जान्छन।

advertisement

निरासाका कारण आत्महत्या गर्ने बढ्दै गएका हुन्,’ उनी भन्छन्, ‘बढ्दो आत्महत्या सामाजिक समस्या हो।’ आत्महत्या कम गर्न विद्यालय तहदेखि नै मनोपरामर्श दिइनुपर्ने उनको भनाइ छ।

सञ्चारलगायत प्रविधिको पहुँचले सबै जानकारी हुने तर गरिबीले आवश्यकता पूरा गर्न समस्या हुँदा मानिसमा निरासा बढेको उनी बताउँछन। यो खबर आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?