advertisement

ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।बा ६७ प ७८८२ नम्बरको मोटरसाइकलमा सवार केसीलाई गैंडाकोट–८, मौलाकालिका होटेल अगाडि ना १ क ८३३० नम्बरको टिपरले ठक्कर दिएको थियो ।

" /> टिपरको ठक्करबाट एकको ज्यान गयाे - Sarbocha Media

टिपरको ठक्करबाट एकको ज्यान गयाे

`

     २०७६ माघ ११ गते ७:०३

नवलपुर, ११ माघ। पूर्वीनवलपरासीको गैंडाकोटमा टिपरको ठक्करबाट एकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

शुक्रबार राति टिपरको ठक्करबाट रूपन्देहीको बुटवल शीतलनगर बस्ने ३५ वर्षीय भुवन केसीको ज्यान गएको हो ।ठक्करबाट गम्भीर घाइते केसीलाई उपचारका लागि जिल्ला अस्पताल चितवन लगिएको उनको त्यहीँ ज्यान गएको बताइएकाे छ ।

सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गैंडाकोट–५ का २६ वर्षीय शशि कपुर केसी घाइते भएका छन् । उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको जनाइएकाे छ ।

advertisement

ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।बा ६७ प ७८८२ नम्बरको मोटरसाइकलमा सवार केसीलाई गैंडाकोट–८, मौलाकालिका होटेल अगाडि ना १ क ८३३० नम्बरको टिपरले ठक्कर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?