advertisement

नयाँ सदस्यको कार्यकाल शुरु हुने दिन नै शपथ गराइने जानकारी दिँदै संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भन्नुभयो,“सम्भवतः शुरु हुने दिन नै शपथ हुन्छ ।”

संघीय संसद सचिवालयको कार्यव्यवस्था परामर्श समिति शाखा (राष्ट्रिय सभा) ले शपथ ग्रहणको कार्यतालिका सार्वजनिक गर्नेछ । संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि संघीय कानुन बमोजिम शपथ लिनु पर्नेछ भन्ने व्यवस्था संविधानमा छ । यो खबर गोरखापत्रमा छापिएको छ ।

" /> रााष्ट्रिय सभाका निर्वाचित सदस्यको कार्यकाल आगामी फागुन २१ देखि सुरु - Sarbocha Media

रााष्ट्रिय सभाका निर्वाचित सदस्यको कार्यकाल आगामी फागुन २१ देखि सुरु

`

     २०७६ माघ ११ गते ३:४३

काठमाडौँ, माघ ११ गते । राष्ट्रिय सभा सदस्यका लागि निर्वाचित सदस्यहरूको कार्यकाल आगामी फागुन २१ गतेदेखि शुरु हुने भएको छ । निर्वाचित १८ र मनोनित एक गरी १९ जना सदस्यहरूले शपथ ग्रहण गरेपछि कार्यकाल शुरु हुनेछ ।

राष्ट्रिय सभा सदस्यका लागि विहीबार सम्पन्न निर्वाचनमा १८ जना सदस्य निर्वाचित भइसक्नुभएको छ । सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित एक जना सदस्यको भने बाँकी रहेको छ । निर्वाचित र मनोनित सबैलाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ ग्रहण गराएपछि उनीहरूको कार्यकाल सरु हुनेछ ।

advertisement

नयाँ सदस्यको कार्यकाल शुरु हुने दिन नै शपथ गराइने जानकारी दिँदै संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भन्नुभयो,“सम्भवतः शुरु हुने दिन नै शपथ हुन्छ ।”

संघीय संसद सचिवालयको कार्यव्यवस्था परामर्श समिति शाखा (राष्ट्रिय सभा) ले शपथ ग्रहणको कार्यतालिका सार्वजनिक गर्नेछ । संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि संघीय कानुन बमोजिम शपथ लिनु पर्नेछ भन्ने व्यवस्था संविधानमा छ । यो खबर गोरखापत्रमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?