advertisement

तामाङ लगायत ह्योल्मो, थकाली, जिरेल, नेस्याङवा, भोटे, दुरा, लेप्चा आदि समुदायले आ(आफ्नै शैली र परम्परा अनुसार मनाउँदै आएका यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्‍भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रपति भण्डारीको विश्वास छ । त्यसैले यस प्रकारका चाडपर्वको अहम राष्ट्रिय महत्व रहेको छ भन्ने आफूलाई लागेको उहाँको भनाइ छ ।

शुभकामना सन्देशमा भन्नुभएको छ, ‘सोनम ल्होछारपर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै नयाँ उत्साह एवम् उमङ्ग बढाओस् भन्ने शुभेच्छा प्रकट गर्दछु । साथै देशमा शान्ति, सद्‍भाव र सहिष्णुता कायम गर्दै समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा जागृत गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

" /> ल्होछारले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै नयाँ उत्साह बढाओस् : राष्ट्रपति - Sarbocha Media

ल्होछारले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै नयाँ उत्साह बढाओस् : राष्ट्रपति

`

     २०७६ माघ ११ गते ३:१८

काठमाडौं, ११ माघ । तामाङ समुदायहरूले मनाउने महान पर्व सोनाम ल्होछारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिनुभएको छ । ‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उहाँद्वारा जारी शुभकामनामा भनिएको छ ।

चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि मनाईने यस पर्वमा कूल पूजा, प्रकृति पूजा, बुद्धको पूजा गर्ने एवम् आपसमा भेला भई नाचगान गर्दै हर्षोल्लासका साथ मनाउने प्रचलन रहिआएको छ ।

advertisement

तामाङ लगायत ह्योल्मो, थकाली, जिरेल, नेस्याङवा, भोटे, दुरा, लेप्चा आदि समुदायले आ(आफ्नै शैली र परम्परा अनुसार मनाउँदै आएका यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्‍भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रपति भण्डारीको विश्वास छ । त्यसैले यस प्रकारका चाडपर्वको अहम राष्ट्रिय महत्व रहेको छ भन्ने आफूलाई लागेको उहाँको भनाइ छ ।

शुभकामना सन्देशमा भन्नुभएको छ, ‘सोनम ल्होछारपर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै नयाँ उत्साह एवम् उमङ्ग बढाओस् भन्ने शुभेच्छा प्रकट गर्दछु । साथै देशमा शान्ति, सद्‍भाव र सहिष्णुता कायम गर्दै समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा जागृत गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?