advertisement

२०६८ भदौ दोस्रो साता नवलपरासी घर भई बनारसस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका विद्यार्थी केशव भुसाल, गोकुल खनाल, बनारसस्थित मंगलागौरी संस्कृत महाविद्यालयमा पढ्ने गोविन्द आचार्यलगायत कैयन् उनलाई खोज्दै काठमाडौं आएका थिए । त्यतिबेला नेपालका चर्चित गुरु भन्दै बनारस पुगेर भण्डारीले आफूले अमेरिकामा हुने वर्ल्ड गीता म्याराथन, श्रीमद्भागवत, श्रीराम चरितमानस, गीता प्रवचन लगायत कार्यक्रममा नेपाल र भारतबाट १०८ जनालाई प्रवचन गर्न लैजान लागेको भन्दै करिब एक सय जना विद्यार्थीबाट जनही एक लाख रुपैयाँ उठाएर ठगी गरेका थिए । यससम्बन्धी विस्तृत खबर आजको कान्तिपुर दैनिकमा छ ।

" /> ‘महाराज’को आवरणमा ठगी : अमेरिका लैजाने भन्दै १०० जनाबाट रकम असुली - Sarbocha Media

‘महाराज’को आवरणमा ठगी : अमेरिका लैजाने भन्दै १०० जनाबाट रकम असुली

`

     २०७६ माघ ११ गते २:४९

काठमाडौं, ११ माघ । उपराष्ट्र्रपति नन्दबहादुर पुन शुक्रबार करिब १२ बजे भरतपुर विमानस्थलमा उत्रिए । त्यहाँ उनलाई खादा र फूलमालासहित स्वागत गर्न अग्रपंक्तिमा थिए, आफूलाई स्वामी बालयोगेश्वर महाराज बताउने गेरुवस्त्रधारी– विजय भण्डारी । उपराष्ट्रपति शनिबारदेखि नारायणी नदी किनारमा हुने ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’को उद्घाटन गर्न चितवन पुगेका हुन् ।

भरतपुर विमानस्थलमा शुक्रबार उत्रेका उपराष्ट्रपति नन्दबहादुर पुन र उनको स्वागतार्थ आएका बालयोगेश्वर महाराजा भनिने विजय भण्डारी । भण्डारीको नेतृत्वमा नारायणी नदी किनारमा शनिबारदेखि हुने कोटीहोम यज्ञमा प्रमुख अतिथि हुन उपराष्ट्रपति चितवन आइपुगेका हुन् ।

आफूलाई ‘बालयोगेश्वर महाराज’ बताउने भण्डारीले धार्मिक आवरणमा आफ्नो ठगी र जालझेलको विगत लुकाउँदै आएको कान्तिपुरले फेला पारेको छ । कान्तिपुरकै सहप्रकाशन नेपाल सप्ताहिकले विजयको ठगी धन्दाबारे ‘महाठग महाराज’ शीर्षकमा २४ भदौ २०६९ मा खोज समाचार प्रकाशन गरेको थियो । त्यसताका उनले आफूलाई सार्वजनिक वृत्तमा श्री विष्णु प्रपन्नाचार्यजी महाराजको नाममा चिनाउँदै आएका थिए ।

advertisement

२०६८ भदौ दोस्रो साता नवलपरासी घर भई बनारसस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका विद्यार्थी केशव भुसाल, गोकुल खनाल, बनारसस्थित मंगलागौरी संस्कृत महाविद्यालयमा पढ्ने गोविन्द आचार्यलगायत कैयन् उनलाई खोज्दै काठमाडौं आएका थिए । त्यतिबेला नेपालका चर्चित गुरु भन्दै बनारस पुगेर भण्डारीले आफूले अमेरिकामा हुने वर्ल्ड गीता म्याराथन, श्रीमद्भागवत, श्रीराम चरितमानस, गीता प्रवचन लगायत कार्यक्रममा नेपाल र भारतबाट १०८ जनालाई प्रवचन गर्न लैजान लागेको भन्दै करिब एक सय जना विद्यार्थीबाट जनही एक लाख रुपैयाँ उठाएर ठगी गरेका थिए । यससम्बन्धी विस्तृत खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?