advertisement

प्रहरीले उनीहरुलाई कलैया–१ बाटै नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।

" /> महिलालाई फोन गरेर जिस्क्याउने दुइ युवक नियन्त्रणमा - Sarbocha Media

महिलालाई फोन गरेर जिस्क्याउने दुइ युवक नियन्त्रणमा

`

     २०७६ माघ १० गते १२:०९

वीरगञ्ज,१०  माघ। बाराको देवताल गाउँपालिका–२ का दुइ युवकले महिलालाई फोन गरेर जिस्क्याको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ।

नियत्रणमा लिएकाहरु २० बर्षीय अखिलेश यादव र भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला घोडासहन थाना बस्ने १८ बर्षीय इन्दल यादव रहेका छन् ।

कलैया उपमहानगरपालिका– १८ को एक महिलाले पुस २० गतेदेखि आफूलाई फोन गरेर जिस्काएको र अपशब्द प्रयोग गरेको भनी उजुरी दिएपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

advertisement

प्रहरीले उनीहरुलाई कलैया–१ बाटै नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?