advertisement

इकाइले आवश्यकता अनुसार परीक्षण गरी सांसदलाई सरकारी अस्पताल रेफर गर्छ । केही सांसद भने इकाइ नै नगइ निजी अस्पताल धाउँछन् । ‘केस हेरेर सांसदलाई रेफर गरिन्छ,’ संसद् सचिवालयका एक कर्मचारीले भने, ‘सरकारी अस्पतालमा जाने वा नजाने, त्यो बिरामीको कुरा हो । यो खबर आजको राजधानी दैनिकमा छ ।

" /> सरकारी अस्पतालप्रति सांसदहरु नै विश्वास गर्दैनन् - Sarbocha Media

सरकारी अस्पतालप्रति सांसदहरु नै विश्वास गर्दैनन्

`

     २०७६ माघ १० गते ३:०४

काठमाडौं, १० माघ । सरकारी अस्पतालमा स्वास्थ्य उपचार निःशुल्क हुने भए पनि अधिकांश सांसद उपचारका लागि निजी अस्पताल धाउने गरेका छन् । सरकारी अस्पतालप्रति अविश्वासकै कारण सांसदहरु उपचारका लागि निजी वा विदेशका अस्पतालमा पुगेका हुन् ।

संसद् सचिवालयको स्वास्थ्य इकाइका अनुसार सांसदलाई निजामति अस्पताल, वीर अहस्पताल र सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र लगायत सरकारी अस्पतालमा उपचार निःशुल्क भए पनि केही सांसद मात्र यी अस्पतालमा जाने गरेका छन् ।

advertisement

इकाइले आवश्यकता अनुसार परीक्षण गरी सांसदलाई सरकारी अस्पताल रेफर गर्छ । केही सांसद भने इकाइ नै नगइ निजी अस्पताल धाउँछन् । ‘केस हेरेर सांसदलाई रेफर गरिन्छ,’ संसद् सचिवालयका एक कर्मचारीले भने, ‘सरकारी अस्पतालमा जाने वा नजाने, त्यो बिरामीको कुरा हो । यो खबर आजको राजधानी दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?