advertisement

भिसामा भ्रमणको प्रयोजनमा ‘वर्क’ ९काम० लेखिएको छ। तर, बस्ने अवधिमा ३० दिन मात्र छ। ‘सच्याउँदा भ्रमणको प्रयोजन मात्र मिलाउन ध्यान पुगेको हुन सक्छ’, उक्त कार्यालयका कर्मचारीले भने, ‘देखेका भए अवधि पनि दुई वा तीन वर्ष बनाउन सक्थे।’

यूएईमा मानव तस्करी बढेपछि सरकारले त्यहाँको भिजिट भिसामा समेत कडाइ गर्दै आएको छ। अजरबैजानमा भिजिट भिसा पाउन सजिलो छ। २० डलर तिरेमा अनलाइन भिसा मिल्छ। त्यही भएर मानव तस्करीका लागि यो ‘सूत्र’ प्रयोग हुन थालेको हो। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

" /> मानव तस्कर : २० डलरमा अनलाइन भिसा, अजरबैजानका नाममा श्रम स्वीकृति लिएर कुवेत र यूएईमा - Sarbocha Media

मानव तस्कर : २० डलरमा अनलाइन भिसा, अजरबैजानका नाममा श्रम स्वीकृति लिएर कुवेत र यूएईमा

`

     २०७६ माघ ०९ गते ३:१५

काठमाडौं, ०९ माघ । मानव तस्करहरूले आफ्ना रूट फेरिरहन्छन्। पछिल्लोपाली अजरबैजानका नाममा श्रम स्वीकृति लिएर कुवेत र यूएईमा घरेलु कामदार ओसार्ने ‘सेटिङ’ बढेको पाइएको छ।

एक महिनायता यसैगरी १ सय ४१ व्यक्ति नेपालबाट उडाइए। तीमध्ये १ सय ३६ महिला थिए। अजरबैजानको भिसा र श्रम स्वीकृति भएका तिनीहरू यूएई ट्रान्जिटमै हराएको स्रोतले बतायो।

फस्ने, दुःख पाउने घटना धेरै भए पनि यूएई र कुवेत घरेलु कामदारलाई फकाउन सजिला देश हुन्। घरेलु कामदारका लागि सरकारले ०७२ सालदेखि प्रतिबन्ध लगाएकाले हरेक हत्कन्डा प्रयोग गरेर त्यहाँ लैजाने धन्दा रोकिएको छैन। वैदेशिक रोजगार कार्यालय ताहाचलले अजरबैजानका भिजिट भिसालाई सेटिङमा श्रम स्वीकृति दिएको खुलेको छ। त्यसका लागि कम्प्युटर सफ्टवेयरमार्फत विवरण फेरिएको देखिन्छ।

advertisement

भिसामा भ्रमणको प्रयोजनमा ‘वर्क’ ९काम० लेखिएको छ। तर, बस्ने अवधिमा ३० दिन मात्र छ। ‘सच्याउँदा भ्रमणको प्रयोजन मात्र मिलाउन ध्यान पुगेको हुन सक्छ’, उक्त कार्यालयका कर्मचारीले भने, ‘देखेका भए अवधि पनि दुई वा तीन वर्ष बनाउन सक्थे।’

यूएईमा मानव तस्करी बढेपछि सरकारले त्यहाँको भिजिट भिसामा समेत कडाइ गर्दै आएको छ। अजरबैजानमा भिजिट भिसा पाउन सजिलो छ। २० डलर तिरेमा अनलाइन भिसा मिल्छ। त्यही भएर मानव तस्करीका लागि यो ‘सूत्र’ प्रयोग हुन थालेको हो। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?