advertisement

अन्नपूर्ण फेरो मात्र नभई नेपालका सबैजसो साहसिक पदयात्रा हुने क्षेत्रमा यस्ता समस्या रहेको भन्दै बारम्बार छलफल गरिए पनि हालत उही छ।

अग्रिम सूचना दिन ‘साइरन’ जडान र सञ्चार सम्पर्क गराउन आवश्यक प्रविधि विस्तारका लागि भनेर पर्याप्त छलफल चलाए पनि कुनै काम हुन सकेन।

त्यतिबेलाको समस्याबारे कसैले चासो नदिँदाको परिणाम हो– गत शुक्रबार अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा आएको हिमपात र क्षति।

हिमपहिरोमा परेका चार कोरियाली र तीन नेपाली गरी सात पदयात्री अझै सम्पर्कविहीन छन्। अधिक हिमपात भएको र हिउँ पर्न नरोकिएकाले तत्काल उनीहरूलाई फेला पार्न कठिनाइ रहेको पदयात्रा व्यावसायीले बताएका छन्। यो खबर आजको नागरिक दैनिकमा छ ।

" /> मौसमबारे जानकारी दिलाउने निकाय पनि कमजोर हुँदा जोखिमपूर्ण बन्दै पदयात्रा - Sarbocha Media

मौसमबारे जानकारी दिलाउने निकाय पनि कमजोर हुँदा जोखिमपूर्ण बन्दै पदयात्रा

`

     २०७६ माघ ०७ गते १:४८

पोखरा, ०७ माघ । २०७१ असोज अन्तिम साता अन्नपूर्ण फेरोको पदमार्ग क्षेत्रमा आएको हिमआँधीमा परी स्वदेशी र विदेशी गरी ४२ जनाले ज्यान गुमाए र कैयौं घाइते भए।

‘हुदहुद’ नामको त्यो हिमआँधीपछि पर्यटन क्षेत्रमा एउटा आवाज सशक्त रूपमा उठ्यो– पदयात्रा क्षेत्रमा अग्रिम सूचना दिने प्रणालीको मात्र अभाव छैन, मौसमबारे जानकारी दिलाउने निकाय पनि कमजोर छ।

६ वर्षअघिको त्यो समस्या तत्काल सल्टाउन कुनै निकायले तदारुकता देखाएन। हुदहुदको त्यो विनाशकारी घटनापछि समस्या उजागर गर्नमा त चासो देखाइयो तर समाधानका लागि कोही तत्पर भएनन्।

advertisement

अन्नपूर्ण फेरो मात्र नभई नेपालका सबैजसो साहसिक पदयात्रा हुने क्षेत्रमा यस्ता समस्या रहेको भन्दै बारम्बार छलफल गरिए पनि हालत उही छ।

अग्रिम सूचना दिन ‘साइरन’ जडान र सञ्चार सम्पर्क गराउन आवश्यक प्रविधि विस्तारका लागि भनेर पर्याप्त छलफल चलाए पनि कुनै काम हुन सकेन।

त्यतिबेलाको समस्याबारे कसैले चासो नदिँदाको परिणाम हो– गत शुक्रबार अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा आएको हिमपात र क्षति।

हिमपहिरोमा परेका चार कोरियाली र तीन नेपाली गरी सात पदयात्री अझै सम्पर्कविहीन छन्। अधिक हिमपात भएको र हिउँ पर्न नरोकिएकाले तत्काल उनीहरूलाई फेला पार्न कठिनाइ रहेको पदयात्रा व्यावसायीले बताएका छन्। यो खबर आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?