advertisement

मुलुकको हितका निम्ती प्राप्त यो परियोजनाको विरोध गरिनु नितान्त गलत भएको उनको भनाइ थियो। आइतबार नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले भने, ‘एमसिसी पारित गर्न मेरो पहल अत्यधिक रहनेछ।’ उनले यो परियोजनाको सम्झौता आफू नेतृत्वको सरकारका पालामा भएको भन्दै यसलाई धेरै राम्रो योजनाका रूपमा अथ्र्याए।

आफ्नो पालामा भएको सम्झौता आफूले जसरी पनि पास गराउन पहल गर्ने उनको भनाइ थियो। ‘यो परियोजनाको प्रक्रिया मेरो पालामा भएको हो, मेरो पालामा भएको यो परियोजना पास गराउनु मेरो दायित्व हो,’ उनले भने, ‘यस विषयमा अरु दायाँ–बायाँ केही हुँदैन।’ नेपाली कांग्रेसले नै यो परियोजनालाई पारित गराउन पहल गर्ने आधिकारिक निर्णय नै गरिसकेकाले पनि कांग्रेस परियोजनाको पक्षमा कडा रूपमा उभिएको बताए। ‘एमसिसी पास गराउने अजेन्डा मेरो मात्रै हैन,’ उनले भने, ‘सिंगो पार्टीले नै आधिकारिक निर्णय गरिसकेको छ, कांग्रेस एमसिसीको पक्षमा छ, जसरी पनि पास हुन्छ।’ यो खबर आजको नागरिक दैनिकमा छ ।

" /> एमसिसीकाे विरोध गर्नु नितान्त गलत हो : देउवा - Sarbocha Media

एमसिसीकाे विरोध गर्नु नितान्त गलत हो : देउवा

`

     २०७६ माघ ०६ गते २:३८

दाङ, ६ माघ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अमेरिकी अनुदान सहयोग (एमसिसी) परियोजना जसरी पनि संसदबाट पारित हुने बताएका छन्। उनले एमसिसी पारित हुनेमा दायाँ–बायाँ केही नहुनेसमेत दाबी गरे।

advertisement

मुलुकको हितका निम्ती प्राप्त यो परियोजनाको विरोध गरिनु नितान्त गलत भएको उनको भनाइ थियो। आइतबार नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले भने, ‘एमसिसी पारित गर्न मेरो पहल अत्यधिक रहनेछ।’ उनले यो परियोजनाको सम्झौता आफू नेतृत्वको सरकारका पालामा भएको भन्दै यसलाई धेरै राम्रो योजनाका रूपमा अथ्र्याए।

आफ्नो पालामा भएको सम्झौता आफूले जसरी पनि पास गराउन पहल गर्ने उनको भनाइ थियो। ‘यो परियोजनाको प्रक्रिया मेरो पालामा भएको हो, मेरो पालामा भएको यो परियोजना पास गराउनु मेरो दायित्व हो,’ उनले भने, ‘यस विषयमा अरु दायाँ–बायाँ केही हुँदैन।’ नेपाली कांग्रेसले नै यो परियोजनालाई पारित गराउन पहल गर्ने आधिकारिक निर्णय नै गरिसकेकाले पनि कांग्रेस परियोजनाको पक्षमा कडा रूपमा उभिएको बताए। ‘एमसिसी पास गराउने अजेन्डा मेरो मात्रै हैन,’ उनले भने, ‘सिंगो पार्टीले नै आधिकारिक निर्णय गरिसकेको छ, कांग्रेस एमसिसीको पक्षमा छ, जसरी पनि पास हुन्छ।’ यो खबर आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?