advertisement

शनिबार राति भएको खेलमा सेभिल्लालाई २ –१ गोल अन्तरले पारजित गर्दै शीर्ष स्थानमा उक्लिएको रियल मड्रिड दोस्रो स्थानमै झरेको छ ।बार्सिलोनाले २० खेलबाट ४३ अंक जोडेको छ भने समान खेल खेलेको रियलले पनि ४३ अंकै जोडेको छ । गोल अन्तरका आधारमा बार्सिलोना अघि रहँदै आएको छ ।

बार्सिलोनालाई कठिन जित दिलाउनको लागि कप्तान लियोनल मेस्सीले गोल गरे । निकै प्रतिस्पर्धात्मक भएको खेलमा कप्तान मेस्सीले ७६ औं मिनेटमा गोल गरेका थिए । उक्त गोल नै निर्यणक गोल बन्न पुग्यो ।

करिब चार महिना अगाडि ग्रानाडाको खेल मैदानमा भएको खेलमा बार्सिलोना ग्रानासँग २–० गोल अन्तरले पराजित भएको थियो ।

" /> स्पेनिस ला लिगा फुटबल : मेस्सीको गोलले बार्सिलोना पुनः शीर्ष स्थानमा - Sarbocha Media

स्पेनिस ला लिगा फुटबल : मेस्सीको गोलले बार्सिलोना पुनः शीर्ष स्थानमा

`

     २०७६ माघ ०६ गते १:३३

एजेन्सी, ६ माघ । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बार्सिलोनाले ग्रानाडालाई १–० गोल अन्तरले पराजित गरेको छ । आइतार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा ग्रानाडालाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ।

advertisement

शनिबार राति भएको खेलमा सेभिल्लालाई २ –१ गोल अन्तरले पारजित गर्दै शीर्ष स्थानमा उक्लिएको रियल मड्रिड दोस्रो स्थानमै झरेको छ ।बार्सिलोनाले २० खेलबाट ४३ अंक जोडेको छ भने समान खेल खेलेको रियलले पनि ४३ अंकै जोडेको छ । गोल अन्तरका आधारमा बार्सिलोना अघि रहँदै आएको छ ।

बार्सिलोनालाई कठिन जित दिलाउनको लागि कप्तान लियोनल मेस्सीले गोल गरे । निकै प्रतिस्पर्धात्मक भएको खेलमा कप्तान मेस्सीले ७६ औं मिनेटमा गोल गरेका थिए । उक्त गोल नै निर्यणक गोल बन्न पुग्यो ।

करिब चार महिना अगाडि ग्रानाडाको खेल मैदानमा भएको खेलमा बार्सिलोना ग्रानासँग २–० गोल अन्तरले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?