advertisement

मारवाडी समुदायका तीन युवा प्रविन अग्रवाल, पुरुषोत्तम अग्रवाल र मनोज अग्रवालले विर्तामोडको मुख्यचोकमा बिहान ७ बजेदेखि अपराह्न १२ बजेसम्म दैनिक दाल, भात, तरकारी र अचारसहितको खाना सेट उपलब्ध गराउँदै आएका छन् ।

घरमा खान नभएर भोकै काममा हिड्ने र सडकमा जीवन विताइरहेकाहरुको सहजताका लागि तीन जनाले १० रुपैयाँमै खाना दिन शुरु गरेको बताइएको छ । सित्तैमा खाना खान पाइने भएपछि अहिले मजदूरलाई धेरै सहज भएको तीन जना युवाहरु बताउँछन् । उनीहरु भन्छन्, १० रुपैयाँ हुनेले दिन्छन् नहुनेले दिँदैनन्, हामी कसैसँग पनि पैसा माग्दैनौँ, सहयोगका लागि टोकरी राखिदिएका छौँ, इच्छा हुनेले त्यही टोकरीमा पैसा राखिदिन्छन् ।”

सामाजिक कामका लागि तीन युवाले देखाएको आँट अहिले झापावासीका लागि उदाहरणीय बनेको छ । बिहानको चिसोमा तीन युवा आफैँ खानाको तयारीमा जुट्नुहुन्छ । उनीहरुसँगै अरु तीन जना कालीगढ पनि बिहानै निस्किन्छन् । बिहानै छ सात जनाको समूहले तयार गरेको खाना वितरणका लागि दुई महिलाले सधैँ सहयोग गर्दै आएका छन् ।

बिहान ७ बजेबाट खाना वितरण शुरु हुन्छ । दश बजेसम्म खाना खानेको चोकमा भीडभाड हुन्छ । “रु १० मा खाना वितरण गर्नेभन्दा शुरुमा कसैले पत्याएका थिएनन्”, पुरुषोत्तमले भने, “विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराई, प्रदेश नं १ का उद्योग वाणिज्य सङ्घका सदस्य बलराम कार्कीको उपस्थितिमा हामीले खाना वितरणको कार्यक्रम शुरु गर्दा सबैले हाँसो मजाकमा उडाएका थिए, तर अहिले तीन सातादेखि निरन्तर निःशुल्क खाना प्रदान गर्दै आएपछि सहयोग जुट्न थालेको छ ।”

विर्तामोडमा १० रुपैयाँमा खाना दिन शुरु गरेपछि दमक र भद्रपुरमा पनि केही युवाले यस्तै कामको शुरुआत गरेका छन् । झापाका तीन ठाउँमा १० रुपैयाँमै खाना खान पाइने भएपछि विपन्न समुदाय, मजदूर, सडक बालबालिका र असहायका लागि सहज भएको छ ।

" /> तीन सातादेखि झापामा १० रुपैयाँमै खाना, दैनिक ५ सयले खान्छन् - Sarbocha Media

तीन सातादेखि झापामा १० रुपैयाँमै खाना, दैनिक ५ सयले खान्छन्

`

     २०७६ माघ ०६ गते १:११

झापा, ०६माघ । झापामा तीन सातादेखि १० रुपैयाँमा दैनिक ५ सय जनालाई खान खुवाउँदै आएको छ । सडक बालबालिका, असाहय र विपन्न समुदायलाई लक्षित गर्दै झापाका तीन युवाले विगत तीन सातादेखि १० रुपैयाँमै खाना उपलब्ध गराउँदै आएका हुन् ।

advertisement

मारवाडी समुदायका तीन युवा प्रविन अग्रवाल, पुरुषोत्तम अग्रवाल र मनोज अग्रवालले विर्तामोडको मुख्यचोकमा बिहान ७ बजेदेखि अपराह्न १२ बजेसम्म दैनिक दाल, भात, तरकारी र अचारसहितको खाना सेट उपलब्ध गराउँदै आएका छन् ।

घरमा खान नभएर भोकै काममा हिड्ने र सडकमा जीवन विताइरहेकाहरुको सहजताका लागि तीन जनाले १० रुपैयाँमै खाना दिन शुरु गरेको बताइएको छ । सित्तैमा खाना खान पाइने भएपछि अहिले मजदूरलाई धेरै सहज भएको तीन जना युवाहरु बताउँछन् । उनीहरु भन्छन्, १० रुपैयाँ हुनेले दिन्छन् नहुनेले दिँदैनन्, हामी कसैसँग पनि पैसा माग्दैनौँ, सहयोगका लागि टोकरी राखिदिएका छौँ, इच्छा हुनेले त्यही टोकरीमा पैसा राखिदिन्छन् ।”

सामाजिक कामका लागि तीन युवाले देखाएको आँट अहिले झापावासीका लागि उदाहरणीय बनेको छ । बिहानको चिसोमा तीन युवा आफैँ खानाको तयारीमा जुट्नुहुन्छ । उनीहरुसँगै अरु तीन जना कालीगढ पनि बिहानै निस्किन्छन् । बिहानै छ सात जनाको समूहले तयार गरेको खाना वितरणका लागि दुई महिलाले सधैँ सहयोग गर्दै आएका छन् ।

बिहान ७ बजेबाट खाना वितरण शुरु हुन्छ । दश बजेसम्म खाना खानेको चोकमा भीडभाड हुन्छ । “रु १० मा खाना वितरण गर्नेभन्दा शुरुमा कसैले पत्याएका थिएनन्”, पुरुषोत्तमले भने, “विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराई, प्रदेश नं १ का उद्योग वाणिज्य सङ्घका सदस्य बलराम कार्कीको उपस्थितिमा हामीले खाना वितरणको कार्यक्रम शुरु गर्दा सबैले हाँसो मजाकमा उडाएका थिए, तर अहिले तीन सातादेखि निरन्तर निःशुल्क खाना प्रदान गर्दै आएपछि सहयोग जुट्न थालेको छ ।”

विर्तामोडमा १० रुपैयाँमा खाना दिन शुरु गरेपछि दमक र भद्रपुरमा पनि केही युवाले यस्तै कामको शुरुआत गरेका छन् । झापाका तीन ठाउँमा १० रुपैयाँमै खाना खान पाइने भएपछि विपन्न समुदाय, मजदूर, सडक बालबालिका र असहायका लागि सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?