advertisement

बालविवाह न्युनिकरण गर्न विवाह कार्डमा अनिवार्य उमेर खुलाउने अभियान थालेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । ‘छापखानामा कोही विवाह कार्ड छाप्न आएमा सञ्चालकले सबैभन्दा पहिले उमेर खुल्ने प्रमाणपत्र नागरिकता तथा जन्मदर्ता माग्ने छन् ।

उमेर नपुगेकालाई फिर्ता पठाउने छन् । उमेर नपुगे पनि कुनै चासो नदिई कार्ड छापेमा कारबाहीमा पर्नेछन्’ खतिवडाले भने ‘स्टिकर अभियान अन्तर्गत धेरै फोन नम्बर भएकाले वालविवाह तथा अपराधजन्य न्युनिकरणमा सहयोग पुगेको छ । यसले पनि बालविवाह रोक्न सहयोग गर्नेछ ।’

" /> विवाह निमन्त्रणा कार्ड छाप्न जन्मदर्ता अनिवार्य, छापाखानाले २० वर्षमुनिकाको कार्ड नछाप्ने - Sarbocha Media

विवाह निमन्त्रणा कार्ड छाप्न जन्मदर्ता अनिवार्य, छापाखानाले २० वर्षमुनिकाको कार्ड नछाप्ने

`

     २०७६ माघ ०४ गते ९:५५

सल्यान, ०४ माघ । जिल्लामा छापाखानाले २० वर्षभन्दा कम उमेरमा विवाह गर्नेको विवाह कार्ड छाप्न नपाउने भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानले बालविवाह रोक्न यस्तो अभियान सुरुवात गरेको हो । प्रहरीले थालेको अभियान अन्तर्गत कसैको विवाह कार्ड छाप्नु परेमा उमेर अनिवार्य खुलाउनु पर्ने भएको हो ।

कार्डमा उमेर राखेमा बालविवाह प्रस्ट खुल्ने भएकाले कारबाही गर्नर रोक्न सजिलो हुने भएकाले प्रहरीले विवाह कार्यमा अनिवार्य उमेर खुलाउनु पर्ने अभियान थालेको हो । विवाह कार्ड छाप्नेले छापाखानामा उमेर खुल्ने प्रमाणपत्र पेस गर्नु नियम प्रहरीले बनाएको छ । प्रहरीले थालेको अभियानमा जिल्लाका छापाखाना सञ्चालकले समेत प्रतिवद्धत्ता जनाएका छन् ।

advertisement

बालविवाह न्युनिकरण गर्न विवाह कार्डमा अनिवार्य उमेर खुलाउने अभियान थालेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । ‘छापखानामा कोही विवाह कार्ड छाप्न आएमा सञ्चालकले सबैभन्दा पहिले उमेर खुल्ने प्रमाणपत्र नागरिकता तथा जन्मदर्ता माग्ने छन् ।

उमेर नपुगेकालाई फिर्ता पठाउने छन् । उमेर नपुगे पनि कुनै चासो नदिई कार्ड छापेमा कारबाहीमा पर्नेछन्’ खतिवडाले भने ‘स्टिकर अभियान अन्तर्गत धेरै फोन नम्बर भएकाले वालविवाह तथा अपराधजन्य न्युनिकरणमा सहयोग पुगेको छ । यसले पनि बालविवाह रोक्न सहयोग गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?