काठमाडौँ, ४ माघ । काठमाडौं उपत्यकामा शनिबार बिहानै बाक्लो हुस्सु लागेको छ । एकाबिहानैदेखि काठमाडौँमा हुस्सुले करिव २० मिटर परको वस्तु पनि मुस्किलले देख्न सकिएको छ ।
advertisement
शुक्रबार र बिहीबार अविरल झरी परेको थियो । झरी थामिएपछि जमिनबाट बाफ निस्केर यहाँको वायुमण्डल गुम्म परेको छ । काठमाडौँ उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा ४८ मिलिमिटर वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यका लगायत तराइँ क्षेत्र र देशका अन्य भूभागमा पनि बाक्लो हुस्सु लागेको छ । २ दिन देशैभरिको मौसम बदली भएर वर्षा र हिमपात भएको थियो । नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हुँदै गईहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शनिबार पनि देशभरको मौसममा आंशिकदेखि सामान्य बदली भई १.२ स्थानहरुमा वर्षारहिमपात भईरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी तथा तराई भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएकाे छ ।



