advertisement

माघी महोत्सवका अवसरमा बुधबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले टीकापुर घटनाका मुद्दा खारेज गर्ने विषयमा पार्टी र सरकारमा छलफल भइरहेको जनाउँदै परिणाम केही समयभित्रै निस्कने जिकिर पनि गरे।

उनले भने, ‘टीकापुर घटनाको सन्दर्भमा झुटा मुद्दा खारेज गर्नुपर्‍यो भनेर साथीहरूले भन्नुभयो, पार्टी र सरकारसँग पटक–पटक छलफल भइसकेको छ। कतिपय साथी छुटेका छन्। रेशमलगायत साथीहरू छुट्न बाँकी छ। छुटाइन्छ हेर्नुहोला, केही समयभित्र यसको परिणाम निस्कन्छ।’

०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनरत थरुहट र सुरक्षाकर्मी बीचको झडपमा प्रहरीका एक एसपीसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। त्यही अभियोगमा चौधरीलगायतविरुद्द कैलाली जिल्ला अदालतमा परेको मुद्दामा अदालतले दोषी ठहर गर्दै चौधरीलगायत ११ जनालाई जन्मकैद, १२ जनालाई ३ वर्ष जेल, एक जनालाई ६ महिना जेल र तीन जनालाई सफाइ हुने फैसला सुनाएको थियो। मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ ९३० बमोजिम जन्मकैद ठहर गरेको थियो। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

" /> रेशम चौधरी छिट्टै छुट्ने दाहालको दाबी - Sarbocha Media

रेशम चौधरी छिट्टै छुट्ने दाहालको दाबी

`

     २०७६ माघ ०२ गते १:१२

काठमाडौं , २ माघ। सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन्।

advertisement

माघी महोत्सवका अवसरमा बुधबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले टीकापुर घटनाका मुद्दा खारेज गर्ने विषयमा पार्टी र सरकारमा छलफल भइरहेको जनाउँदै परिणाम केही समयभित्रै निस्कने जिकिर पनि गरे।

उनले भने, ‘टीकापुर घटनाको सन्दर्भमा झुटा मुद्दा खारेज गर्नुपर्‍यो भनेर साथीहरूले भन्नुभयो, पार्टी र सरकारसँग पटक–पटक छलफल भइसकेको छ। कतिपय साथी छुटेका छन्। रेशमलगायत साथीहरू छुट्न बाँकी छ। छुटाइन्छ हेर्नुहोला, केही समयभित्र यसको परिणाम निस्कन्छ।’

०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनरत थरुहट र सुरक्षाकर्मी बीचको झडपमा प्रहरीका एक एसपीसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो। त्यही अभियोगमा चौधरीलगायतविरुद्द कैलाली जिल्ला अदालतमा परेको मुद्दामा अदालतले दोषी ठहर गर्दै चौधरीलगायत ११ जनालाई जन्मकैद, १२ जनालाई ३ वर्ष जेल, एक जनालाई ६ महिना जेल र तीन जनालाई सफाइ हुने फैसला सुनाएको थियो। मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ ९३० बमोजिम जन्मकैद ठहर गरेको थियो। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?