advertisement

गेरुवा गाउँपालिका वार्ड न ५ पहाडीपुरका १३ वर्षीय बालक रुबेन चौधरीको ज्यान गएको हाे। प्रहरीका अनुसार गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला सदरमुकाम गुलरिया लैजाने क्रममा बाटोमानै ज्यान गएको थियाे ।

भे १ त ७२०० नम्बरको टयाक्टर बर्दियाको ठाकुरबाबा मन्दिरको दर्शन गरेर फर्कँदै गर्दा पल्टिँएको जनाइएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले बताए ।

टयाक्टर चालक मिठ्ठु चौधरीलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

" /> बर्दियामा टयाक्टर पल्टिँदा एक बालककाे ज्यान गयाे, १५ जना घाइते - Sarbocha Media

बर्दियामा टयाक्टर पल्टिँदा एक बालककाे ज्यान गयाे, १५ जना घाइते

`

     २०७६ माघ ०१ गते ७:२९

बर्दिया, १ माघ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० गेरुवास्थित कर्णाली पुल नजिकै टयाक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ, भने १५ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

advertisement

गेरुवा गाउँपालिका वार्ड न ५ पहाडीपुरका १३ वर्षीय बालक रुबेन चौधरीको ज्यान गएको हाे। प्रहरीका अनुसार गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला सदरमुकाम गुलरिया लैजाने क्रममा बाटोमानै ज्यान गएको थियाे ।

भे १ त ७२०० नम्बरको टयाक्टर बर्दियाको ठाकुरबाबा मन्दिरको दर्शन गरेर फर्कँदै गर्दा पल्टिँएको जनाइएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले बताए ।

टयाक्टर चालक मिठ्ठु चौधरीलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?