पर्वत, १ माघ । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ राजाको बगरस्थित कालीगण्डकी नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । कालीगण्डकी नदीकाे पानीमा डुबेको अवस्थामा पुरुषको शव फेला परेको हो ।
advertisement
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार मंगलबार अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा भेटिएको छ ।मृतकको हालसम्म पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
पुरुषको ज्यान के कारणले गयो त्यो भने खुलेको छैन । घटनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।




