बुधबार साँझ पश्चिमी न्यून चापीय प्रणालीट नेपाल प्रवेश हुने हुँदा हल्का वर्षा हुने भएको हो । यो प्रणालीका कारणले बिहीबार देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

साथै, मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र सोहि भू–भागका १–२ स्थानहरुमा भारी वर्षाको सम्भावना समेत रहेको छ । देशको पूर्वी भू–भागमा बिहीवार आंशिकदेखि सामान्य बदलि भई १–२ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार यस प्रणालीको प्रभाव देशभर शुक्रबार सम्म नै रहनेछ ।

" /> केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना - Sarbocha Media

केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना

`

     २०७६ माघ ०१ गते २:५२

काठमाडौँ, १ माघ । बुधबार राति देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ ।

बुधबार साँझ पश्चिमी न्यून चापीय प्रणालीट नेपाल प्रवेश हुने हुँदा हल्का वर्षा हुने भएको हो । यो प्रणालीका कारणले बिहीबार देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

साथै, मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र सोहि भू–भागका १–२ स्थानहरुमा भारी वर्षाको सम्भावना समेत रहेको छ । देशको पूर्वी भू–भागमा बिहीवार आंशिकदेखि सामान्य बदलि भई १–२ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार यस प्रणालीको प्रभाव देशभर शुक्रबार सम्म नै रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?