बलात्कारीलाई चार लाख क्षतिपूर्ति सहित जन्मकैद सजाय

`

     २०७६ पौष ०३ गते ४:५४

 

पाँच वर्षीय बालिकालाई बलात्कार गर्ने तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई जिल्ला अदालत तनहुँले चार लाख क्षतिपूर्ति सहित जन्मकैदको फैसला सुनाएको छ। अभियुक्त थापालाई न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले बुधवार जन्मकैदको फैसला गरेको हो।

बालिकालाई गत साउन १ गते बलात्कार गरेको अभियोगमा थापा साउन २ गते पक्राउ परेका थिए।

पीडित बालिकालाई क्षतिपूर्ति बापतको जरिवाना अभियुक्त थापाबाट नै भराउने अदालतले फैसला गरेको छ ।

बलात्कारीलाई पर्याप्त सजायको भागीदार नबनाइने व्यापक जन गुनासो आइरहेको बेला यो  स्वागतयोग्य निर्णय आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?