सर्वसाधारण र पत्रकार माथि प्रहरीको अभद्र व्यवहार र कुटपिट

" /> पत्रकार कुट्ने प्रहरीलाई मुद्दा - Sarbocha Media

पत्रकार कुट्ने प्रहरीलाई मुद्दा

`

     २०७६ पौष ०२ गते ५:५३

 

साग खेल समापनको दिन पत्रकारलाई कुटपिट गर्ने प्रहरी विरूद्घ मुद्दा दायर भएको छ । आफ्नो पत्रकार कुटिएको भन्दै नेपाल रिपब्लिक मिडिया प्रा. लि. ले सजायको माग स्वरूप मुद्दा दायर गरेको हो ।

कुटिने पत्रकार सुमन चापागाईं हुन् । उनलाई गत मङ्सिर २४ मा साग खेल समापनको दिन दशरथ रङ्गशाला अगाडि प्रहरीले दर्शक पिट्दै गरेको फोटो खिचेको भनेर कुटपिट गरेको थियो ।

कुटपिट मुद्दामा तीन वर्षसम्म कैद, तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था मुलुकी अपराध संहितामा गरिएको छ। सोही माग गर्दै मुद्दा दर्ता गरिएको हो ।

सर्वसाधारण र पत्रकार माथि प्रहरीको अभद्र व्यवहार र कुटपिट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?