स्रोत : राष्ट्रिय सर्तकता केन्द्रको अनुसन्धान प्रतिवेदन

अनुसन्धानको क्रममा राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन लिएका ६ वटा मेडिकल कलेजको अनुसन्धान गरेको थियो । आर्थिक वर्ष २०७३र०७४ मा सरकारले काठमाडौँ उपत्यका भित्रका मेडिकल कलेजले ३५ लाख र काठमाडौँ उपत्यका बाहिरका मेडिकल कलेजले ३८ लाख ५० हजार रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरेको थियो । त्यसै गरी सरकारले आर्थिक वर्ष ०७४र०७५ र ०७५र०७६ का लागि अघिल्लो आर्थिक वर्षमा तोकिएको शुल्क बढाएर काठमाडौँ उपत्यका भित्रका मेडिकल कलेजले ३८ लाख ५० हजार र उपत्यका बाहिरका कलेजले ४२ लाख ४५ हजार रुपैयाँ शुल्क लिन पाउने समेत व्यवस्था गरेको थियो ।

सरकारले निर्धारण गरेको शुल्क विपरित  काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अतिरिक्त शुल्क लिने मेडिकल कलेजहरू

काठमाडौँ विश्वविद्यालयले आफू मातहतका सम्बन्धन प्राप्त मेडिकल कलेजहरूलाई बढी शुल्क उठाउन परिपत्र जारी गरेको सतर्कता केन्द्रको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौँ विश्वविद्यालय ऐन २०४८ अनुसार विश्वविद्यालयले विद्यार्थीसँग शुल्क निर्धारण गर्ने अधिकार राख्दैन । विश्वविद्यालय कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा ऐनको दफा ७ को ‘ख’ मा ‘नेपाल सरकारले निर्धारण गरेको नीति, निर्देशन पालना गर्ने,’ भनिएको छ । तर, विश्वविद्यालयले आफ्नै ऐन र नेपाल सरकारले निर्धारण गरेको मेडिकल शिक्षा शुल्कको प्रावधानलाई कुल्चँदै सम्बन्धन प्राप्त मेडिकल कलेजहरूलाई शुल्क बृद्घि गर्न सक्ने परिपत्र किन जारी ग¥यो जुन घोर निन्दनीय छ ।

सरकारले मङ्सिर १० गते मेडिकल कलेजहरूसँग वार्ता गरेर आर्थिक वर्ष ०७४/०७५ र ०७५/०७६ मा विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न निर्देशन गरेको छ ।

सतर्कता केन्द्रले अरबौँ रुपैयाँको ठगीमा विश्वविद्यालयको संलग्नतालाई आशङ्का गर्दै सम्पत्ति शुद्घिकरण तथा अनुसन्धान विभागलाई समेत छानबिन प्रतिवेदनको प्रतिलिपि बुझाएको छ । सतर्कता केन्द्रको आशङ्कालाई आधार मानेर सम्बन्धित विभागले विश्वविद्यालयका पदाधिकारीहरूको सम्पत्ति समेत छानबिन गर्न आवश्यक छ ।

मेडिकल कलेजहरूको ठगी धन्दालाई सरकारले पूर्णतया रोक्न तथा प्रचलित नियम कानुन अनुसार नियमन गर्नैपर्छ ।

" /> ३ वर्षको अवधिमा मेडिकल कलेजहरूबाट २ अर्व ८५ करोड भन्दा बढी गैरकानुनी असुली - Sarbocha Media

३ वर्षको अवधिमा मेडिकल कलेजहरूबाट २ अर्व ८५ करोड भन्दा बढी गैरकानुनी असुली

`

     २०७६ पौष ०१ गते ४:४७

३ वर्षको अवधिमा मेडिकल कलेजहरूले २ अर्व ८५ करोड भन्दा बढी रकम विद्यार्थीहरूबाट गैरकानुनी तरिकाले असुली गरेका छन् । ६ वटा कलेजहरूले मात्रै १ अर्व ३८ करोड ८७ लाख ७५ हजार ५ सय ७१ रुपैयाँ विद्यार्थीहरू मार्फत असुली गरेका थिए ।

शिक्षण शुल्क लिइसकेपछि अन्य शीर्षकमा शुल्क लिन नपाइने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ । चिकित्सा शिक्षा ऐन २०५७ को दफा २ अनुसार ‘शिक्षण शुल्क’ भन्नाले शिक्षण संस्थाले चिकित्सा शिक्षाको अवधिभर लिने भर्ना, शिक्षण ल्याब, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुल्क भन्ने बुझिन्छ । सरकारले निर्धारण गरेको शैक्षिक शुल्कको अलावा २४ वटा अन्य मनोमानी शीर्षक निर्माण गरी मेडिकल कलेजहरूले विद्यार्थी ठग्ने काम गरेको राष्ट्रिय सतर्कता केन्द्रले प्रतिवेदनमा उल्लेख गरेको छ ।

स्रोत : राष्ट्रिय सर्तकता केन्द्रको अनुसन्धान प्रतिवेदन

अनुसन्धानको क्रममा राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन लिएका ६ वटा मेडिकल कलेजको अनुसन्धान गरेको थियो । आर्थिक वर्ष २०७३र०७४ मा सरकारले काठमाडौँ उपत्यका भित्रका मेडिकल कलेजले ३५ लाख र काठमाडौँ उपत्यका बाहिरका मेडिकल कलेजले ३८ लाख ५० हजार रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरेको थियो । त्यसै गरी सरकारले आर्थिक वर्ष ०७४र०७५ र ०७५र०७६ का लागि अघिल्लो आर्थिक वर्षमा तोकिएको शुल्क बढाएर काठमाडौँ उपत्यका भित्रका मेडिकल कलेजले ३८ लाख ५० हजार र उपत्यका बाहिरका कलेजले ४२ लाख ४५ हजार रुपैयाँ शुल्क लिन पाउने समेत व्यवस्था गरेको थियो ।

सरकारले निर्धारण गरेको शुल्क विपरित  काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अतिरिक्त शुल्क लिने मेडिकल कलेजहरू

स्रोत : राष्ट्रिय सर्तकता केन्द्रको अनुसन्धान प्रतिवेदन

काठमाडौँ विश्वविद्यालयले आफू मातहतका सम्बन्धन प्राप्त मेडिकल कलेजहरूलाई बढी शुल्क उठाउन परिपत्र जारी गरेको सतर्कता केन्द्रको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौँ विश्वविद्यालय ऐन २०४८ अनुसार विश्वविद्यालयले विद्यार्थीसँग शुल्क निर्धारण गर्ने अधिकार राख्दैन । विश्वविद्यालय कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा ऐनको दफा ७ को ‘ख’ मा ‘नेपाल सरकारले निर्धारण गरेको नीति, निर्देशन पालना गर्ने,’ भनिएको छ । तर, विश्वविद्यालयले आफ्नै ऐन र नेपाल सरकारले निर्धारण गरेको मेडिकल शिक्षा शुल्कको प्रावधानलाई कुल्चँदै सम्बन्धन प्राप्त मेडिकल कलेजहरूलाई शुल्क बृद्घि गर्न सक्ने परिपत्र किन जारी ग¥यो जुन घोर निन्दनीय छ ।

सरकारले मङ्सिर १० गते मेडिकल कलेजहरूसँग वार्ता गरेर आर्थिक वर्ष ०७४/०७५ र ०७५/०७६ मा विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न निर्देशन गरेको छ ।

सतर्कता केन्द्रले अरबौँ रुपैयाँको ठगीमा विश्वविद्यालयको संलग्नतालाई आशङ्का गर्दै सम्पत्ति शुद्घिकरण तथा अनुसन्धान विभागलाई समेत छानबिन प्रतिवेदनको प्रतिलिपि बुझाएको छ । सतर्कता केन्द्रको आशङ्कालाई आधार मानेर सम्बन्धित विभागले विश्वविद्यालयका पदाधिकारीहरूको सम्पत्ति समेत छानबिन गर्न आवश्यक छ ।

मेडिकल कलेजहरूको ठगी धन्दालाई सरकारले पूर्णतया रोक्न तथा प्रचलित नियम कानुन अनुसार नियमन गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?