ते¥हौँ साग (दक्षिण एसियाली खेलकूद) को पुरुषतर्फको फाइनल फुटबलमा नेपालले भुटानलाई २–१ ले हराएर नेपाल विजयी बनेको छ ।
खेलको १६ औं मिनेटमा नेपालका अभिषेक रिजालले पहिलो गोल गरे । त्यसपछि खेलको ३६ औं मिनेटमा भुटानका छेन्जो ग्याल्जेनले जवाफी गोल फर्काए।
यसरी पहिलो हाफमा बराबरीमा टुङ्गिएको खेल दोस्रो हाफको आठौँ मिनेटमा सुनिल बरालले नेपालका लागि गोल गर्दै खेललाई २–१ को अवस्थामा पु¥याए । त्यसपछिको खेलमा कुनै पक्षले गोल गर्न नसकेपछि नेपाल विजयी बन्यो ।




