साग फुटबलमा नेपालले नियम मिचेको दक्षिण एसियाली देशको आरोप

`

     २०७६ मंसिर १६ गते ४:०१

काठमाडौं, २०७६, मङ्सिर १६, सोमवार

ते¥हौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) यतिखेर चलिरहेको छ । तर, यस खेलमा संलग्न दक्षिण एसियाली देशहरूले आयोजक देश नेपालले नियम मिचेको आरोप लगाएका छन् ।

एन्फाले सुरुमा सार्वजनिक गरेको टाइसिटमा पुरुष फुटबल तर्फ प्रारम्भिक चरणमा समूह ‘ए’ बाट आयोजक नेपाल, भुटान र बङ्गलादेश र समूह ‘बी’ श्रीलङ्का, माल्दिभ्स र भारत बिच प्रतिस्पर्धा हुने तय गरिएको थियो । भारतको टिम नआउने भएपछि नेपालले टाइसिट चेन्ज गरेको थियो ।

टाइसिट चेन्ज बारे प्रि म्याच कनफ्रेन्समा माल्दिभ्सका प्रशिक्षक पिटर सेग्रेटले अन्तर्राष्ट्रिय नियममा यस्तो नेपालले जथाभाबी टाइसिट परिवर्तन गर्न नहुने बताए । यसबारे श्रीलङ्काका प्रशिक्षक एमएम पाकिर अलिले आयोजकले पक्षपात गरेको भन्दै यस्तो कदमले नेपालको फुटबल विकास नहुने बताए ।

साग आयोजक राष्ट्र नेपालले नियम मिचेको आरोप लगाउनेमा माल्दिभ्स, बङ्गलादेश, श्रीलङ्का र भुटान रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?