२०७६, मंसिर १५, आइतवार

ते¥हौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आयोजनाका लागि नेपाल नेपाल सरकारले ५ अर्व २५ करोड लगानी गरेको छ भने साग उद्घाटन र समापन समारोहको लागि मात्रै १५ करोड रुपैयाँ छुट्ट्याइएको छ ।

उक्त साग समारोह समितिका सचिव कुलबहादुर थापाले भने, ‘उद्घाटन नै सागको ऐना हो । हामीले यो अवसरलाई छुटाउनै नहुने र सबैले मन पराउने बनाउन लागेका छौँ । सागको समापन पनि उस्तै भव्य र सभ्य हुनेछ,’ ।

थापाका अनुसार, उद्घाटन सत्र तीन घण्टा १४ मिनेट लामो हुनेछ । उद्घाटन सत्रलाई नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्यको झलकका रूपमा प्रस्तुत गरिने छ।

थापाले थप्दै भने, उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कलाकार, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रस्तुत गरिने छन् । उद्घाटन र समापन दुवै कार्यक्रममा १५ हजार जना कलाकारको प्रस्तुति रहने छ भने सात वटै देशको खेलाडीको मार्चपासबाट सुरु हुने उद्घाटन सत्रमा कलाकारले नेपालको राष्ट्रियता झल्कने प्रस्तुति दिनेछन् ।

साग उद्घाटन कार्यक्रममा नेपालको विभिन्न मौलिक बाजा पाँच सय भन्दा बढी वाद्यवादकले बजाउनेछन् भने
नेपालका तीन सय भन्दा बढी चर्चित व्यावसायिक कलाकारले गायन र नृत्य प्रस्तुत गर्नेछन् ।

सागको उद्घाटन आज साँझ ५ बजे दशरथ रङ्गशालामा राष्ट्रपति विद्या भण्डारीले गर्दै छिन् । सागको औपचारिक उद्घाटनकै दिन आइतबार देखि काठमाडौं र पोखरामा एकसाथ चार वटा खेल सुचारु हुँदैछन् ।

साग खेलको आयोजनालाई नेपालले ‘नेपाल भ्रमणबर्ष २०२०’ को तयारीको रूपमा समेत लिएको जनाइएको छ ।

साग कार्यक्रम सफल रहोस् ।

" /> साग आयोजनाका लागि ५ अर्व २५ करोड - Sarbocha Media

साग आयोजनाका लागि ५ अर्व २५ करोड

`

     २०७६ मंसिर १५ गते ४:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?