गौरी शङ्कर राम चमारलाई अपहरण पछि धम्की दिएर जबरजस्ती बयान फेर्न लगाइएको खुल्न आएको छ । मोहमद अफताव आलम पक्षले चमारलाई अपहरण गरेर बयान नफेरे आफू र आफ्नो परिवारको ज्यान लिने धम्की दिएको बताएका छन् । चमार आलमले गराएको रौतहट बम काण्डका घाइते हुन् ।

चमारका अनुसार उनलाई भारतको सीतामणी, मुसा चोक स्थित आफ्नै घरबाट जिपमा आएका ४, ५ जनाको समूहले अपहरण गरी बन्धक बनाएका थिए । बन्धक बनाए पछि अभियुक्त आलमको घरमा ल्याई तरुण दल रौतहटका अध्यक्ष शेख नौसाद सहित तीन जनाले चमारलाई अदालत गई बम विस्फोटमा नभई स्टोभ पट्केर घाइते भएको बयान दिन भनेर धम्क्याएका थिए । त्यसरी बयान नदिए चमार र चमारको परिवारको ज्यान धरापमा पर्ने धम्की दिएका थिए ।

चमारका अनुसार उक्त आलम प्रकरणमा घाइते भएपछि चार महिना लगाएर उपचार गराएको ऋण तिर्न उनलाई अझै गा¥हो भइरहेको छ । उनले आलम दोषी नै भएको र जब दोषीले हदैसम्मको सजाय पाउँछन् तब मात्र उनको मनमा शान्ति मिल्ने बताएका छन् ।

यसै गरी आलमले गराएको भनिएको बम विस्फोटमा परी घाइते भएपछि जिउँदै जलाएर मारिएको ओसी अख्तरका श्रीमती आफ्ना श्रीमानको मृत्यु नभएको र रोजगारीको सिलसिलामा विदेशमा रहेको विवरण लिएर अदालत यस अघि नै पुगिसकेकी छिन् । स्रोतका अनुसार उनलाई पनि १० कट्ठा खेत दिने प्रलोभन देखाएर बयान फेर्न लगाइएको थियो ।
उनै ओसी अख्तरका आमा रुक्साना खातुनलाई आलम विरूद्घको मुद्दामा पछि हट्ने धम्की नटेरे पछि गाली हानेर मारिएको थियो । उनलाई मारेको साबिती बयान दिने साक्षीहरूले पछि आलम पक्षकै डर, धम्कीका कारण बयान फेरेका थिए । बयान फेरिएपछि रुक्सानालाई गोली हानेर मार्ने अपराधी पनि छुटिसकेका छन् ।

ओसी अख्तर सँगै मारिएका पिन्टु सिंहका बुवा श्रीनारायण सिंहलाई पनि १० लाख रुपैयाँको प्रलोभन देखाएर बयान फेर्न दबाब दिएको तर श्रीनारायण सिंहले भने उक्त प्रलोभन अस्वीकार गरेको जनाइएको छ ।

यसरी साक्षीहरू ‘होस्टायल’ बन्दै जाने क्रम बढेपछि पीडितले न्याय पाउने कुरा अप्ठेरोमा पर्ने देखिन्छ ।

कुनै पनि किसिमको डर, धम्की र प्रलोभनमा नपरी न्यायिक वकालत गरौँ ।

" /> आलम पक्षको ज्यान लिने धम्कीपछि पीडितले बयान फेर्दै - Sarbocha Media

आलम पक्षको ज्यान लिने धम्कीपछि पीडितले बयान फेर्दै

`

     २०७६ कार्तिक २७ गते ५:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?