दर्जनौँ मानिसलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेका मोहम्मद आलमको समर्थनमा नेपाली काँग्रेसका कार्यकर्ताले कालो पट्टी सहित प्रदर्शन गरेका छन् । प्रदर्शन रौतहट जिल्लाको सदरमुकाम गौरमा गरिएको हो ।

काँग्रेस सांसद भएकै कारण आलमको पक्राउसँगै नेपाली काँग्रेसले विरोध जनाउँदै आएको छ । पार्टी सभापति शेर बहादुर देउवा र तत्कालीन गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले आलम पक्राउ प्रकरणलाई लोकतन्त्र माथिको हमला भन्दै आएका छन् । आलम गत असोज २६ गते पक्राउ परेका हुन् ।

इँटा भट्टामा जिउँदै जलाइएका मानिसहरू पहिलो संविधान सभाको पुर्वसन्ध्या २०६४ चैत्र २७ गते बम विस्फोटमा घाइते भएका थिए । उक्त विस्फोटन आलमले निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले बम बनाउन लगाइरहेका बेला अचानक भएको थयो । विस्फोट लगतै घाइतेहरूलाई घटनाको प्रमाण नष्ट गर्ने हिसाबले जिउँदै जलाइएको थियो ।

जघन्य अपराधमा आरोपित आलमको बचाउ गर्नु काँग्रेस, काँग्रेस कार्यकर्ता लगायत जो कोही पनि अन्यायकै पक्षमा उभिनु हो र यो कदमले चाहिँ खासमा लोकतन्त्र माथि आक्रमण भइरहेको छ । बरू उनको बचाउ गर्ने काँग्रेस र काँग्रेस कार्यकर्ताहरूले आलमको निष्पक्ष छानबिनमा सहयोग गरेर पिडितलाई न्याय दिलाउन सहयोग गरेमा चाहिँ लोकतन्त्रको मर्मअनुसार काम हुनेछ, लोकतन्त्रको जगेर्नामा बल पुग्नेछ ।

" /> आलमको समर्थनमा काँग्रेसको कालोपट्टीको अर्थ - Sarbocha Media

आलमको समर्थनमा काँग्रेसको कालोपट्टीको अर्थ

`

     २०७६ कार्तिक ०८ गते १:०४

दर्जनौँ मानिसलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेका मोहम्मद आलमको समर्थनमा नेपाली काँग्रेसका कार्यकर्ताले कालो पट्टी सहित प्रदर्शन गरेका छन् । प्रदर्शन रौतहट जिल्लाको सदरमुकाम गौरमा गरिएको हो ।

काँग्रेस सांसद भएकै कारण आलमको पक्राउसँगै नेपाली काँग्रेसले विरोध जनाउँदै आएको छ । पार्टी सभापति शेर बहादुर देउवा र तत्कालीन गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले आलम पक्राउ प्रकरणलाई लोकतन्त्र माथिको हमला भन्दै आएका छन् । आलम गत असोज २६ गते पक्राउ परेका हुन् ।

इँटा भट्टामा जिउँदै जलाइएका मानिसहरू पहिलो संविधान सभाको पुर्वसन्ध्या २०६४ चैत्र २७ गते बम विस्फोटमा घाइते भएका थिए । उक्त विस्फोटन आलमले निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले बम बनाउन लगाइरहेका बेला अचानक भएको थयो । विस्फोट लगतै घाइतेहरूलाई घटनाको प्रमाण नष्ट गर्ने हिसाबले जिउँदै जलाइएको थियो ।

जघन्य अपराधमा आरोपित आलमको बचाउ गर्नु काँग्रेस, काँग्रेस कार्यकर्ता लगायत जो कोही पनि अन्यायकै पक्षमा उभिनु हो र यो कदमले चाहिँ खासमा लोकतन्त्र माथि आक्रमण भइरहेको छ । बरू उनको बचाउ गर्ने काँग्रेस र काँग्रेस कार्यकर्ताहरूले आलमको निष्पक्ष छानबिनमा सहयोग गरेर पिडितलाई न्याय दिलाउन सहयोग गरेमा चाहिँ लोकतन्त्रको मर्मअनुसार काम हुनेछ, लोकतन्त्रको जगेर्नामा बल पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?