
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : गन्तब्य बिहिन यात्राले समस्या निम्तिन सक्छ ध्यान लिनुहोला । व्यवसायिक यात्रा हुने भएपनि उपलब्धि न्यून हुनेछ । आफन्त तथा दाजुभाइसँग मनमुटाब बढ्नेछ । प्रेममा मनमुटाब सिर्जना हुने हुनाले आफ्नो मानिससँग भेटमा कुरा गर्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : बौद्धिकताको प्रयोग गरि धन कमाउन सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर काम गर्नुहोला । पारिवारिक वातावरण रमाउँदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्ययमबाट धेरै कामहरु गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : तपाईबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरु खुसी हुनेछन् । पढाइ लेखाइमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसी रहनेछन् । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : स्वास्थको विशेष ख्याल गर्नुहोला औषधि उपचार खर्च बढर जानेछ । आर्थिक अवस्था कमजोर हुने तथा खर्च बढेर जानेछ । आफन्त तथा साथीभइहरुले खासै सहयोग गर्ने छैनन् । पढाइ लेखाइमा ध्यान नजाँदा अरुभन्दा पछि परिनेछ । कामलाई दोहोर्याएर गर्नु पर्दा मानशिक तनाब बढ्नेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाइनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । प्रणय सम्बन्धलाई विवाहमा परिणत गर्नको लागि आफन्तबाट आवश्यक कामहरु हुनेछन् । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार होइनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा नचाहाँदा नचाहाँदै छुट्टिनु पर्ने बाध्यता आउनेछ । स्वअध्ययनले पढाइ लेखाइमा भने विद्यार्थि बर्गहरुले अलि बढी ध्यान दिए सफलता हात पार्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : धार्मिक तथा आध्यात्मिक क्षेत्रमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइ तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट विषेश सामान तथा उपाहार प्राप्त हुने योग रहेकोछ । माया प्रेममा नजिक भई रमाउने समय रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : परिवारमा आफन्त तथा पति पत्निबीच विवाद बढ्नेछ भने माईति चेलीबीचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरु नै लागि पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेकोछ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसि समस्याहरु सुल्झाउन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए