
तर. शनिबार राति वृद्धाको मृत्यु हुँदासम्म रिपोर्ट आइसकेको थिएन । प्रदेश–१ को प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट बुहारी र नातिमा आइतबार बिहान संक्रमण पुष्टि भएको हो । वृद्धाको भने दुई पटकसम्म परीक्षण गराउँदा पनि रिपोर्ट नेगेटिभ आएको महानगरले जनाएको छ ।
वृद्धाको नियमित स्याहारसुधार गर्नेसँगै मृत्यु भएपछि रातभर रुँघेर बुहारी र नाति बसेका थिए । वृद्धाको रिपोर्ट नेगेटिभ आएपछि विराटनगर महानगरपालिकाले शवको दाहसंस्कार गर्न परिवारलाई अनुमति दिएको छ ।
कोरोना संक्रमित भएर आइसोलेसनमा लगिएका पुरुष वृद्धाका कान्छा छोरा हुन् । कान्छालाई कोरोना देखिएपछि जेठा छोरा र उनका परिवारका सदस्य पीसीआर परीक्षणका लागि बुधबार विराटनगरमा स्वाब दिएर काठमाडौं गएको खुलेको छ ।
उनीहरुको रिपोर्टका बारेमा यकिन भएको छैन । तर आमाको मृत्यु भएकाले दाहसंस्कारका लागि आउन छिमेकीले आग्रह गरिरहे पनि जेठा छोरा काठमाडौंबाट आउन नमानिरहेको स्थानीयले जानकारी दिएका छन् ।
विराटनगरको पुष्पलाल चौक घर भएका जेठा छोराका छोरी, ज्वाईको पनि पीसीआर परीक्षण गरिएको थियो । उनीहरुको रिपोर्टका बारेमा केही खुलाइएको छैन । छोरा, बुहारी र नातिलाई नै संक्रमण देखिएका कारण संक्रमण सर्ने डर तथा त्रासका कारण घरमा छिमेकी र आफन्त प्रवेश नगरेको स्थानीय धमलाको भनाइ छ ।
उठाएर दाहसंस्कारका लागि लैजाने मान्छे नभएपछि वृद्धाको शव घरभित्रको पलङमै लडिरहेको छ ।’ गर्मीका कारण सडेर शव गन्हाउन सक्छ,’ धमलाले भने, ’महानगरले शव घाटसम्म लगिदियो भने हामी अन्त्येष्टी गर्छौं भनेर बसिरहेका छौं ।’
घरभित्र नपसे पनि केही स्थानीय भने भेला भएर घर बाहिर बसेका छन् । बुहारी र नातिले शव रुँघेर बसेका छन् । वडा अध्यक्ष विनोद बस्नेतले परिवारका अन्य सदस्य संक्रमित भएका कारण छिमेकीहरु घरमा पसेर शव उठाउन डराएको बताए । ’संक्रमण फैलने भन्दै छिमेकीहरु डराइरहेका छन्,’ उनले भने, ‘के गर्ने भनेर हामी सल्लाह गर्दैछौं ।’
कोरोना पोजिटिभ देखिएका मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ । नेगेटिभ देखिए शव आफन्तलाई जिम्मा लगाइँदै आएको छ । तर मृतकका छोरा, बुहारी र नातिको रिपोर्ट पोजेटिभ आएपछि शव व्यवस्थापनमा समस्या भइरहेको बस्नेतको भनाइ छ ।
वृद्धाका कान्छा छोरा प्रदेश १ को पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृत हुन् । ती अधिकृत चालक र कार्यालयका अरु दुई जना अधिकृतसहित गत साउन १८ गते कृषि र भेटेरिनरीको अनुगमन निरीक्षणका लागि पहाडि जिल्ला ओखलढुंगा र सोलुखुम्बु गएका थिए । कार्यालयको काम सकेर साउन २० गते विराटनगर फर्किएका चार जनामध्ये उनीसहित तीन जनालाई पहाडमै हुँदा ज्वरो आएको थियो ।
त्यसपछि कोरोनाको आशंकामा विराटनगर आएर ज्वरो आउनेहरुले गत सोमबार परीक्षणका लागि स्वाब दिएका थिए । रिपोर्ट भोलिपल्ट मंगलबार पोजिटिभ आएपछि उपचारका लागि ती अधिृकतलाई भने आइसोलेनसमा भर्ना गरियो । उनीसँगै पहाडी जिल्लाको अनुगमनमा गएका चालकमा पनि कोरोना पुष्टि भइसकेको छ ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए