
हुँदाहुँदै छोराले आमालाई समेत बलत्कार गरेको घटनाहरुले अखबारका पानाहरु भरिने, युटयुब च्यानलहरुमा छाइरहने यो कस्तो मानव समाज हो ? यस्ता समाचार सुन्दा सुन्दा आजित भएर अहिले बलत्कारीलाई मृत्युदण्ड भन्ने सम्बन्धी समाचारहरुले स्थान लिँदा मात्रै पनि हर्ष र आशाका किरणहरुले मन भरिन्छ कतिबेला।
बिभिन्न रिपोर्टहरुको अनुसार २ महिना देखि ९२ वर्षका छोरी जाती बलत्कारको सिकार भएको तथ्यहरु देखिन्छन । यस्तै समाचारले भरिएका पानाहरूमा अर्को एउटा समाचार जहाँ ५ वर्षीया छोराको अप्राकृतिक मैथुन पछि हत्या भन्नेसम्मको पढ्न भ्याएँ । यसबाट पनि पुष्टि हुन्छ कि यो समस्याले समाजमा यसरी जरा गाडीसक्यो कि, अब छोरीचेलीहरु र अरु कोही कहीं पनि सुरक्षित छैनन् भनेर । यो विकृत व्यवहार हो, खराब आचरणको परिणति हो, अपराधिक मानसिकताको उपज हो । यसले समाजका ती सज्जन पुरुषको जमातलाई पनि रोगी बनाएको छ ।
हामीले सुनेका देखेका चर्चित बलात्कारका घटनाहरू निर्मला पन्तदेखि सम्झना वि.कसम्म आइपुग्दा हजारौं कलिला नानीहरू र उमेर पुगेका महिलाहरु समेत यसको सिकार बनिसकेका छन् । विरोध प्रशस्तै भयो, सदन र सडक तात्यो, राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाहरुले समाचारलाई स्थान दिए । कडा कानुन बनाउनुपर्छ भन्ने आवाज उठ्यो तर अपराध घट्नुको साटो दिन दिनै बढ्दै गयो ।
कैयन घटनाहरू भित्रै भित्रै शक्तिको आडमा मिलाइन्छ भन्ने पनि यदाकदा सुनिन्छ पीडित जहिले पनि कमजोर बर्गको हुने र खुलेर बोल्न नसक्नुको कारण बाहिर आउन सकेका छैनन् । सम्झिँदा पनि आङ जिरिङग हुने खालका घटनाहरू हरेक दिन घटीरहेकै छन् । दिनदहाडै काठमाण्डौको मुटु रत्नपार्कबाट फेन्टामा लठ्याउने औषधी हालेर युवतीको अपहरण गरिन्छ र कोठामा पुरयाएर बन्धक बनाउदै सामूहिक बलत्कार गरिन्छ । गाडीमा चढाइन्छ । गाडीका चालक र सहचालक मिलेर सामूहिक बलत्कार गर्छन । धन्न स्थानीयले थाहा पाएर युवतीको उद्दार हुन्छ र युवती बच्न सफल हुन्छिन् ।
तरकारी किन्न बजार गएकी, बाख्रा चराउन गएकी, पढ्न गएकी, आँप टिप्न गएकी, आदि छोरीलाई बलत्कार गरेर मारिएको छ । कतिपय छोरीहरूलाई चरम शारीरिक शोषणपछि मानसिक अवस्था बिग्रिएको अवस्थामा बेवारिसे बनाएर सडकमा छोडिएको छ ।कतिपयलाई गर्भवती बनाइ जिवन वर्वाद र बेवारिसे बनाइएको छ ।
कतिपयले पीडा र यातना सहन नसकेर आत्महत्या गरेका पनि छन्। यस्ता कयौै डर लाग्दा गम्भीर प्रकृतिका अपराधिक घटनाहरु केलाउँदा आजकल मेरो मुटुको ढड्कनको गति बढेर आउँछ । व्यक्तिगत रुपमा म आफूलाई छोरी भएर जन्मिएकोमा कहिल्यै अपसोच भएन । म छोरा भएर जन्मिन पाएको भए भन्ने कतिपनि लागेन । किनकी मलाई लाग्थ्यो की छोरा मान्छेले गर्न सक्ने र मैले गर्न नसक्ने भन्ने केही पनि छैन यो दुनियाँमा ।
मैले घरमा पनि छोराछोरीको लालनपालन र शिक्षादिक्षामा कुनै विभेदको सामना गर्नु परेन । न त मैले मेरो गर्भको भूर्ण छोरी कि छोरा भनेर पहिचान गर्ने प्रश्न नै आयो । नत छोरी हैन छोरा हुनुपर्ने भन्ने नै महशुस गरे । म असाध्यै खुसी भएँ । मेरी नजन्मिएकी छोरीको बारेमा सपनाहरु साँँच्न थालेँ ।
अहिले मेरी छोरी १४ वर्षकी भइन् । म आफ्नी एउटी छोरी नै भविष्य ठानेर एउटा सन्तान मै सन्तुष्ट भएर अर्को सन्तानको चाहना मारेर बसेकी छु । तर अहिले म पल पलमा झस्किन्छु, तर्सिन्छु कि म जस्तै आमाहरूले जन्माएका छोरीहरू, तिनका लागि साचेका सपना छोरीहरुको कलिलो शरीरलाई गिद्धले सिनो लुछे झै लुछेर, निचोरेर, निमोठेर अङ्ग क्षत विक्षत पारेर एकैछिनको शारीरिक सन्तुष्टिको लागि ती अबोध बालिकाहरुलाई तड्पाई तड्पाई चटक्क तिनको जीवन चुड्न सक्ने ती जति पापी र अपराधी अरु कोही हुन सक्दैन यो दुनियाँमा । बरु गोली ठोकेर मार्दा मान्छे एकैचोटी मर्छ होला तर बलत्कार जस्तो जघन्य अपराधबाट पीडित सयौ पटक मर्दछ । अपराधीले अन्त्यमा विक्षिप्त पारेर छोडिदिन्छ कि घाँटी निचोरेर सास फेर्न बन्द गरिदिन्छ । मेरो विचारमा बलत्कार जस्तो जघन्य अपराध र पशुवत व्यवहार अरु कुनै हुन सक्दैन ।
यो असह्य पीडाको स्रोत बन्द नहुँदा छोरीको भविष्य अन्धकार र धूमिल हुनेछ । यी यस्ता घटनाहरूले म आफू छोरी हुँदाको र छोरीको आमा हुँदाको त्यो गर्व, खुसी उत्साह र स्वाभिमानमा कता कता ठेस लाग्छ । ती निर्मला, पूजा, सम्झना, पुष्पा आदि सबै नानीहरूमा म मेरी प्रिय छोरीको अनुहार, कलिलो शरीर र त्यसले बोकेको सुन्दर भविष्यको सपना देख्छु । नानीहरु कहाँ र कुन नाता सम्बन्धसँग सुरक्षित छन् भन्ने प्रश्नले बेला बेलामा सताउँछ र पोलिरहन्छ।
म जस्ता आम महिला र आमा साथै समस्त नारी वर्गले चाहेको बलत्कारीलाई कडा कानुन भन्ने नाराले कमसेकम अहिले सदन तातेको छ । एउटा टास्क फोर्स कमिटी बनेको छ । यो एउटा सुरुवात हो । यसलाई परिणाममुखी बनाउन सम्पूर्ण जननिर्वाचित सांसद, नेता, अधिकारकर्मीहरुले अविछिन्न रूपमा लाग्नुपर्ने देखिन्छ ।
यहाँ अहिले तात्तातो बहस भइरहेको छ कि बलत्कारीलाई मृत्युदण्ड की लिङ्ग छेदन ? यस मुद्दामा व्यक्ति पिच्छेको फरक फरक धारणा आउनु स्वभाविक हो । यस सम्बन्धीका अन्तर्राष्ट्रिय कानून, सन्धि, अभिसन्धीहरु पनि आफ्नै ठाउँमा छन् । तर यो जटिल विषयमा यथासम्भव चाडो भन्दा चाडो निष्कर्ष निकाल्ने र न्याय दिने कानुन पारित गर्नु जरुरी छ ।
जसरी एसिड आक्रमणमा फास्ट ट्र्याकबाट अध्यादेश मार्फत भर्खरै कानुन पारित गरियो । त्यसै गरी तुरुन्त बलत्कार विरुद्धको कानुन पारित गरियोस् । जसले कैयन नजन्मिएका र नमारिएका तर त्यो खतरामा रहेका छोरीहरूलाई बचाउन केही सघाउ पुग्छ कि ? हुन त कानुन निर्माण हुदैमा समस्याको निराकरण हुने होइन । त्यसको कार्यान्वयनका लागि गरिने प्रयत्न र आउने प्रतिफलले कानूनलाई जिवन्तता दिने हो । यहाँ बलत्कारीलाई मृत्युदण्ड दिने कि लिङ्ग छेदन गर्ने भन्ने तर्कमा मेरो व्यक्तिगत धारणा चाँहि लिङ्ग छेदन र आजीवन कारावास उत्तम विकल्प हो । जुन अङ्गको कारणले गम्भीर अपराध गर्न उक्सायो त्यही अङ्गको अभावमा बाँकी जीवन व्यतित गरोस् अपराधीले ।
जसरी कालिका नानीहरूको अङ्ग क्षतविक्षत पार्यो त्यसै गरी त्यसको पुरुषत्वले भरिएको अङ्ग नै छिनाली दिउँ जसको कारण उसले पीडा, जलन, दुःख महसुस गरोस् । की उसले गरेको त्यो अपराध को सजायँ कति कठोर छ र पीडादायी हुन्छ भनेर जीवनभर याद गरोस् । मृत्युदण्ड दिदा त एकैपटक मर्छ, तर लिङ्ग छेदन गरिंदिदा ऊ पटक पटक मर्छ । त्यो अनुभव उसले सङगाल्न पाउँछ जसले गर्दा यस्तै किसिमका अन्य बलत्कारीहरुलाई पनि बलत्कार गर्न निरुत्साहित गर्न सघाउ पुरयाउन सक्छ ।
हुन त मृत्युदण्डको कानुन भएको देशमा बलत्कारको घटना नभएको पनि हैन । त्यसैले बलत्कारीको लिङ्ग छेदन गरी उसको सर्वस्वहरण गरी क्षतिपूर्ति बापत पीडितलाई दिलाउने र अपराधीलाई आजीवन काराबासको सजायको व्यवस्था गरिनु पर्दछ । जे होस् यस्तो कानुन निर्माण गर्ने लडाइमा सम्पूर्ण महिला तथा पुरुषको साथ अपरिहार्य छ । अब यसलाई अभियानको रूपमा घर घरमा, टोल टोलमा, गाउँमा, शहरमा हुँदै सिंहदरबारमा पुगेका महिलालाई साथ दिँदै निष्कर्षतिर डोरयाउनु आजको आवश्यकता हो ।
यसको साथसाथै यौनजन्य हिंसाको बारेमा सचेतना फैलाउने, मनोवैज्ञानिक परामर्श सम्बन्धी विषयवस्तु विद्यालय तहको पाठ्यक्रममा नै समावेश गरी पढाउनु पर्ने देखिन्छ । प्रत्येक आमाले आफ्नी छोरीलाई कसरी सुरक्षित रहने ? कस्ता खालका गतिविधिहरु यौनहिंसासँग सम्बन्धित छन ? कसैले गलत नियत राखेमा त्यसको प्रतिकार कसरी गर्ने ? आदि जस्ता बिषयमा छलफल गर्न र सिकाउन ढिला भइसकेको छ ।
यसै गरी अर्को महत्वपूर्ण विषय भनेको प्रविधिको प्रयोग हो । मोबाइल, इन्टरनेट सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने ? के कस्ता सामग्रीहरू आफ्ना सन्तान वा छोराछोरीले हेर्ने गरेका छन् साथी संगत कस्तो छ ? आदि बारेमा अभिभावक पनि सचेत हुनु जरुरी देखिन्छ । कतिपय घटनाहरू अभिभावककै लापरबाहीको कारणले भएका पनि पाइन्छन ।
त्यसैले बलत्कार जस्ता अपराधिक घटनालाई समाजबाटै निमूर्ल पार्नका लागि सर्वप्रथम राज्यको तत्परता र तागत चाहिँन्छ त्यसमा आम नागरिकको साथ सहयोग र सहकार्य पनि उत्तिकै आवश्यक छ ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए