एक साताभित्र गिरफ्तारी नदिए घर सम्पत्ती जफत हुने अदालतको सूचनाको म्याद सकिन एक दिनअघि उनीहरुले आत्मसमर्पण गरेका हुन् । कुण्डवा चैनपुर नवनियुक्त थानाध्यक्ष मिथीलेश कुमार यादवले कान्तिपुरसँग टेलिफोनमा बताए अनुसार ९ जना मध्ये ४ जनाले बालिकामाथि दुष्कर्म गरी हत्या गरेको आरोप छ ।

घर बेटी सियाराम साहका छोरा विनयमाथि दुष्कर्म र हत्याको अभियोग छ । अन्य सातविरुद्ध जबरजस्ती प्रमाण मेटाउने र जलाएको आरोप छ । यसैगरी प्रमाण मेटाउन र शव जलाउन सहयोग गर्ने कुण्डवा चैनपुर थानाका तात्कालीन थानाध्यक्ष सञ्जिव रञ्जन फरार रहेका छन् ।

गत माघ ८ गते बारबर्दिया नगरपालिका—३ कि १२ वर्षीया बालिका सुमित्रा विकलाई भारत बिहार राज्यमा सामुहिक बलात्कार पछि हत्या गरी जलाइएको थियो । बिहार राज्यको पूर्वी चम्मारण जिल्लामा परिवारका साथ बस्दै सुमित्रामाथि सामूहिक बलात्कारपछि हत्या गरी जलाइएको थियो ।

" /> समाज Archives - Page 450 of 659 - Sarbocha Media

समाज

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए