
पोखरेलले फेसबुकमा लेखेका छन् ‘दुई पार्टीबीचको एकता समस्या थिएन र होइन । समस्या त सहमति छोडेर समिकरणमा जान खोज्दा भयो । हिजोको वैठकले पुनःएकताको वाटो रोजेको छ ।’ उनले प्रचण्ड–नेपाल समूहले समस्या पैदा गरेको भन्दै त्यसको बैठकबाट समाधान भएको दावी गरेका छन् ।
पार्टी स्थायी समिति सदस्य रहेका पोखरेलको स्टाटसमा धेरैले कमेन्ट गरेका छन् । त्यसमध्ये अधिकांशले उनलाई प्रदेशको नामाकरण र राजधानी तोक्न नसकी केन्द्रको गुटबन्दीमा मात्र लागेको भन्दै आलोचना गरेका छन् । पोखरेललाई प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले भने फेसबुकबाटै जवाफ फर्काएका छन् ।
पार्टी केन्द्रीय सदस्य आङ्बोले सहअस्तित्व, समानता र निश्चित सहमतिहरुको आधारमा संयुक्त गठबन्धन हुँदै पार्टी एकता भएको स्मरण गर्दै समान भूमिकाको सारथि र सहमति प्रधानमन्त्रीले भुलेको कारण समस्या आएको बताएका छन् । प्रधानमन्त्री पुरानै बाटोमा एक्लै यात्रा गर्दा समस्या आएको भन्दै उनले स्थायी समिति बैठकले समस्याको पहिचान र निराकरण गर्दै फेरि पार्टी र एकता प्रक्रियालाई ठिक ठाउँमा ल्याएको बताउनुभएको छ ।
पार्टी निर्णय र सहमतिको दृढतापुर्बक कार्यान्वय गर्दै पार्टी र सरकारलाई गतिशिल बनाउनुपर्नेमा आङ्बोले जोड दिएका छन् । उनी लेख्छन्, ‘कुरा त्यसो होइन कमरेड, सहअस्तित्व, समानता र निश्चित सहमतिहरुको आधारमा संयुक्त गठबन्धन हुँदै पार्टी एकता भएको थियो। समान भूमिकाको सारथि र सहमति भुलेर पुरानै बाटोमा एक्लै यात्रा गर्दा समस्या आएको हो, स्थायी समिति बैठकले समस्याको पहिचान र निराकरण गर्दै फेरि पार्टी र एकता प्रक्रियालाई ठिक ठाउँमा ल्याएको छ। अब निर्णय र सहमतिको दृढतापुर्बक कार्यवन्यन गरौ पार्टी र सरकारलाई गतिशिल बनाउ ।’
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए