
सरकारले विगतमा पूरा गरिएका माग एकातर्फ उल्टाएको तथा नयाँ सन्दर्भमा अघि सारिएका माग बारे संवाद मार्फत समाधान खोज्ने लोकतान्त्रिक संस्कार नदेखाएको उनको आरोप छ।
अनशन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गरिएको भन्दै कांग्रेसले प्रश्न गरेको छ, ‘खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरीत्रको हुनुमा फरक हुन्छ ?’
चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै डा. केसी अनसन बसेको २४ दिन भएको छ । तर सरकारले केसीसँग वार्ता गर्नेबारे कुनै चासो दिएको छैन । डा. केसीलाई समर्थन गर्दै आवासीय चिकित्सक तथा सर्वसाधारणले धर्ना, घेराउ लगायतका कार्यक्रम गरिरहेका छन् ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए