उनका अनुसार मृत्यु हुने १२ जनामध्येमा ७ जना बाँकेका रहेका छन् । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कालीमाटी गाउँपालिका वडा नं २ निवासी ३४ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ का ६३ वर्षीया महिला, खजुरा गाउँपालिका वडा नं ७ का ४८ वर्षीय पुरुष, कैलाली लम्की चुहा नगरपालिका वडा नं ३ का ६७ वर्षीय पुरुष, खजुरा गाउँपालिका वडा नं ३ का ६७ वर्षीय पुरुष, सल्यान कपुरकोट गाउँपालिका वडा नं ४ का ४४ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका वडा नं। ४ बाँके निवासी ४३ वर्षीया महिलाको गए राति मृत्यु भएको हो ।

यसैगरी कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कैलाली घोडाघोडी नगरपालिका वडा नं १० निवासी ४० वर्षीया महिला, बर्दिया गुलरिया नगरपालिका वडा नं ६ निवासी ५५ वर्षीया महिला, राप्तीसोनारी गाउँपालिका वडा नं ३ निवासी ३३ वर्षीय पुरुष, राप्तीसोनारी गाउँपालिका वडा नं ८ बाँके निवासी ५५ वर्षीया महिला र बैजनाथ गाउँपालिका वडा नं ६ बाँके निवासी २५ वर्षीय पुरुषको पनि गए राति मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोनाबाट दुई सय ६७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा दुई सय २२ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए ।

" /> मुख्य समाचार Archives - Page 57 of 316 - Sarbocha Media

मुख्य समाचार

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए

1 55 56 57 58 59 316