नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरेको भन्दै सच्याएर अघि बढ्न उनले ध्यानाकर्षण गराएका हुन ।

‘यस्ता गलत कुरा नसच्चिएको भन्ने सुनिएको छ, आजको वैज्ञानिक तथा सूचनाको युगमा यस्ता त्रुटि कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै पढाउनु वाञ्छनीय हुँदैन,’ उनको सन्देशमा भनिएको छ, ‘त्यसकारण सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण पनि गराउन चाहन्छु।’

मानव जातिकै कारणले खलबलिएको शान्तिलाई सचेतनता र सचेत प्रयासबाट शान्तिमा परिणत गर्न, शान्तिलाई कायम राख्न र शान्तिलाई दिगो बनाउन सकिने जनाउँदै उनले बुद्धका शान्तितर्फका चिन्तन, आदर्श र उपदेश अत्यन्तै सान्दर्भिक र महत्त्वपूर्ण रहेको बताए।

‘नेपाल बुद्धकै जन्मभूमि हो र बुद्धिजम, बुद्धवाद, बुद्ध दर्शनको उद्गमस्थल पनि हो । शान्तिको सन्देश छर्ने थलो पनि हो,’ उनको सन्देशमा भनिएको छ, ‘विभिन्न धार्मिक असहिष्णुता तथा धार्मिक संकीर्णता जस्ता कुराले बुद्धदर्शनकाविरुद्ध अनेक क्रियाकलाप भए र बुद्धका शान्तिका सन्देशलाई यस धर्तीबाटै मेटाउन खोजिए, तर बुद्धका उपदेश, चिन्तन र देखाएको शान्तिको मार्ग र मानव जातिको सुखका निम्तिको उज्यालो मर्न सक्दैनथ्यो र मरेन।’

बुद्धको जन्म लुम्बिनीमा भएको र बुद्धवादको मुहान पनि त्यहीं रहेको जनाउँदै उनले जहाँबाट बुद्ध मानव जातिको जन्म र मरण जस्ता कुराबाट मुक्ति कसरी हुन्छ भन्ने खोजीमा दरबार त्यागेर, सुखसयल त्यागेर बाहिर निस्किए, त्यहीँबाट बुद्धका चिन्तनको मुहान शुरु भएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

नेपाल बुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गमस्थल भएको तथ्य छर्लंग रहेको भन्दै उनले यी तथ्यलाई उजागर गर्न र लुम्बिनीलाई आजको स्थितिसम्म ल्याइपुर्याउन योगदान गर्ने इतिहासका सबै महान पात्र एवं लुम्बिनीको विकासका सम्बन्धमा गुरुयोजना बनाउने सबैप्रति आभारसमेत व्यक्त गरेका छन्।

" /> मुख्य समाचार Archives - Page 56 of 316 - Sarbocha Media

मुख्य समाचार

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए

1 … 54 55 56 57 58 … 316