
उनले भने, ‘सुरूमा किराना पसल सञ्चालकमा कोरोना देखिएको थियो । उक्त पसलमा सामान किन्न आउनेहरू सय ४० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको थियो । १३ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी आएको छ ।’ प्रवक्ताका अनुसार कोरोना देखिएका अधिकांश मानिस कोठा भाडामा लिएर बस्नेहरू हुन् ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको छ । काठमाडौँ महानगरअन्तर्गत कोरोना सङ्क्रमणको जोखिम भएका क्षेत्ररूमा स्थानीय वडा तथा सुरक्षा निकायको पहलमा लकडाउन गरिएको छ ।
काठमाडौँ महानगर २२ वडाअन्तर्गत नयाँ सडकसँगैको प्युखा, महाङ्काल, भोसिको क्षेत्र तथा २७ वडा अन्तर्गतको महाबौद्ध, भोटाहिटी क्षेत्रमा लकडाउन गरिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता डङ्गोलले बताए । त्यस्तै वडा ५ अन्तर्गत हाँडीगाउँ क्षेत्रमा पनि एकै परिवारका पाँच जनामा सङ्क्रमण पाइएपछि लकडाउन गरिएको उनले बताए ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए