
उनले संविधानलाई व्याख्या गर्ने अदालतले भएको भन्दै अदालतले छिटोभन्दा छिटो संसदको बैठक सुरु गर्न आदेश दिने विश्वास व्यक्त गरे। उनले पार्टीभित्र अन्तरसंघर्ष लामो समयदेखि चलेको पनि बताए।
‘सही र गलतको बीचमा अन्तर्संघर्ष चलेकै हो। पार्टी एकताको विधान र राजनीतिक प्रतिवेदन अनुसार चल्नुपर्छ भन्ने र व्यक्तिवादी ढंगले चल्न पाउनुपर्छ भन्ने बीचको,’ उनले भने।
केपी ओली इतिहासमा कलंकित भएको प्रचण्डको आरोप थियो। ‘केपी ओली पराजित हुनुभयो। इतिहासमा उहाँ कलंकित हुनुभयो। कलंकको टीका लगाउनुभयो। हामी विजय भयौँ,’ उनले भने।
प्रचण्ड र माधव नेपाल सडकमा पलेँटी कसेर बाटोमा जाँदा ल यिनीहरु सडकमा पुगे भनेर हाँसो उडाएको भन्दै उनले भने, ‘हामी सडकमा पुगेको होइन। हामी जनतामा गएका हौँ। केपी ओली श्री ३ महाराज जस्तो जंगेको बाटोमा हिँड्नुभयो। हामीलाई जनताको बीचमा जाने वातावरण मिल्यो। जनताको हिरो बन्ने बाटो मिल्यो।’
उनले अहिले पूर्व माओवादीका नेताहरु ओली पक्षमा लागेको प्रति व्यङ्ग्य गर्दै वैशाख पछि फर्किएर आउनेसमेत बताए। ‘केही साथी उता गए भनेर चिन्ता लिनुपर्दैन। हिजो पनि यस्तो हुन्थ्यो। उनीहरु फर्किन्छन्,’ उनले अगाडि भने, ‘हेर्नुहोला वैशाखपछि उनीहरु फर्किन्छन्। अन्त जाने ठाउँ हुन्न। अनि हामी अलि फराकिलो दिल भएका माफी दिइहाल्छौँ। स्वागत गरिहाल्छौँ।’
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए