advertisement

सो ढोईको नौ वर्षयता रेखदेख गर्दै आएकी फनित मीना महतो सात–आठ वर्षअघि एक दिन बसिरहेका बेला जङ्गली हात्ती ‘जिरे’ ले हानेदेखि मृत्यु भएको दिनसम्म ऊ नबसेको बताउँछिन् । उठ्दा उठ्दै पछाडिका खुट्टा सुन्निएका थिए । महतोले भनिन्, ‘धान्न नसकेपछि जब हात्ती बस्यो, सोही दिन कहिल्यै नउठ्ने गरी जीवन समाप्त गर्‍यो ।’ मृत्यु हुनु तीन दिनअघिसम्म हात्ती आहाराका लागि जङ्गल जाने गरेको उनले बताइन् ।

विसं २००२ मा जन्मिएको भनिएको सो हात्ती भारतबाट ल्याइएको हो । महतो भन्छिन्, ‘बडामहारानी, राजारानी चढ्ने हात्ती हो रे यो ।’ निकै ज्ञानी भएकाले राजपरिवारले मन पराएको भन्ने आफूले सुनेको उनले जानकारी दिइन् । पोथी हात्ती सुन्दरमाला लामो समय निकुञ्ज सुरक्षामा खटिए पनि जीवनभर कहिल्यै सन्तान भने जन्माएन ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठ कुनैकुनै हात्ती बसेपछि उठ्न नसक्ने डरले नबस्ने गरेको बताउँछन् ।

उनका अनुसार हात्तीको तौल चार हजार किलो हाराहारी हुन्छ । उनले भने, ‘शरीर कमजोर हुँदै गएपछि उठ्न सक्दिन भन्ने ठानेरै हात्ती नबसेको होला ।’ आफू बसेको बेला जङ्गली हात्तीले आक्रमण गरेकाले बस्दा फेरि आक्रमण हुने डरले पनि नबसेको हुन सक्ने आंकलन गरिएको छ ।

निकुञ्जका विभिन्न ठाउँमा ५८ हात्ती छन् । विगतमा पर्यटकलाई घुमाउन समेत प्रयोग हुने गरेका हात्ती पछिल्लो समय सुरक्षाका लागि मात्रै प्रयोग हुँदै आएका छन् । निकुञ्जमा अन्य सवारी साधन पुग्न नसक्ने ठाउँमा समेत हात्ती जाने भएकाले निकुञ्ज सुरक्षाका लागि हात्तीको निकै महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।

निकुञ्जको हात्ती प्रजनन केन्द्रमा जन्मिएका छावालाई त्यहीं तालीम दिएर सुरक्षामा परिचालन गर्ने गरिन्छ । शुरुआती दिनमा भने भारतलगायत विभिन्न ठाउँबाट हात्ती किनेर यहाँ ल्याइएको हो । भीमकाय जनावर हात्ती पाल्न खर्च पनि निकै लाग्छ । हात्तीलाई धान र सख्खर मुछेर घाँसमा बेरी कुची तयार पारेर खुवाइन्छ । उसलाई घाँसे मैदान र जङ्गलमा चराउन पनि लगिन्छ ।

" /> मुख्य खबर Archives - Page 907 of 1063 - Sarbocha Media

मुख्य खबर

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए