
क्वारेन्टाइन बसाइँमा घरका मानिससँग प्रत्यक्ष भेट गर्न नपाए पनि नजिकै भएको महसुस गर्न पाइएको बताउँदै चीनको वुहानका विभिन्न ठाउँबाट आएकासँग क्वारेन्टाइनमा चिनजान गरी सम्बन्ध विस्तार गर्न पाएकामा उनीहरु खुशी रहेका छन् । आफूहरु यहाँ आएपछि सबैका परिवारमा खुशी आएको उल्लेख गर्दै यहाँका बासिन्दामा त्रास फैलिएको र घर गाउँ नै छाडेर गएको भन्ने सुन्दा निकै दुःख लागेको उनहरुले बताए ।
सम्बन्धित निकायले बेलैमा स्थानीय बासिन्दामा जनचेतना फैलाएको भए यहाँका बासिन्दामा त्रास फैलिदैनथ्यो होला भन्ने लागेको उल्लेख गर्दै अहिले स्थानीय पनि त्रास हटाएर घर फर्किएको सुन्दा भने खुशी लागेको क्वारेन्टाइनमा रहेका एक विद्यार्थीले बताए । क्वारेन्टाइनमा रहेका डाक्टर पढ्न चीन गएका एक विद्यार्थीले भने, ‘म डाक्टर पढ्न चीन गएको हुँ, वुहान कोरोनाको मुहान हो, कोरोना नियन्त्रण गर्न चीनलाई मुश्किल परेको छ, त्यसैले हाम्रो सरकारले कोरोनालाई नर्मल लिनुहुँदैन, बेलैमा सबै प्रकारको सावधानी अपनाउनु आवश्यक छ ।’
क्वारेन्टाइनमा रहेकाको स्वास्थ्य रेखदेख गर्दै आएका नेपाली सेनाका क्याप्टेन डाक्टर नवीन फुयाँलले १६ दिनसम्मको बसाइँ नाचगान गर्दै, हाँसखेल गर्दै बितेको बताए । उनीहरुले शारीरिक व्यायामदेखि भलिबल, व्याडमिन्टन, क्यारेम बोर्ड, लुडो खेल्ने, साँझमा नाचगान गर्ने गर्दै रमाइलोसँग बिताएको उल्लेख गर्दै यहाँ रहेका सबैको स्वास्थ्य परीक्षणमा कोरोनामुक्त रिपोर्ट आएकाले आफू खुशी भएको फुयाँल बताउँछन् ।
क्वारेन्टाइनमा सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएका नेपाली सेनाको वीर दल गणका गणपति कर्णेल शिव पौडेलले यहाँ रहेका सबै स्वस्थ रहेका र कोरोना सङ्क्रमित कोही नभएको पुष्टि हुँदा निकै खुशी लागेको बताए । ‘हामीले सकेसम्म सबै सेवासुविधा दिएर व्यवस्थापन ग¥र्यौं, आज उनीहरुलाई बिदाइ गर्दा सरकारदेखि सबै खुशी भएको देख्दा हामी पनि खुशी छौँ’, उनले भने ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए