
प्राधिकरणले पछिल्लोपटक जेठसम्म सार्वजनिक गरेको तथ्याङ्कअनुसार जीएसएम ग्राहकको सङ्ख्या तीन करोड ५३ लाख ३५ हजार छ । जुन त्यसअघिको वैशाखको तुलनामा आठ लाख ३७ हजारले कम हो । वैशाखमा जीएसएम ग्राहक सङ्ख्या तीन करोड ६१ लाख ७२ हजार थियो । त्यतिबेला टेलिकमको ग्राहक सङ्ख्या एक करोड ७७ लाख र एनसेलको करिब एक करोड ६३ लाख थियो । जब कि जेठमा दुवै कम्पनीका ग्राहक घटेर टेलिकमको एक करोड ७२ लाख ७७ हजार र एनसेलको एक करोड ५९ लाख १६ हजार कायम थियो । यो खबर आजको गोरखापत्रमा छ ।
" />काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए